Tuesday, August 4, 2015

केही तस्विरहरू

यि तस्विरहरू @baabajee को क्यामेराबाट पच्चिस जेठ दुई हजार सत्तरी का दिन साँखु नगरकोट हुँदै नाला सम्मको हाइकिङमा म द्वारा खिचिएको हो। सो हाइकिङको ब्लग  डक्टर जीवन क्षेत्री ज्यू @jkshetry लेख्नु भएको छ। अहिलेलाई तस्विरहरू मात्र है त।

माउको साथमा खुसी छन चल्लाहरू

एक गोठ बाख्रा

जीवन रमाइलो छ है

चङ्गाको न्यास्रो

कुलको छोरो मुलको पानी। 

हामी झकास छौ हैन त

आउने स्थानिय; जाने हाइके

ग्रुप ठुलै छ है

तेरो म खिच्छु। मेरो तँ खिच्दे।

यात्रा जारी छ

एक दम्पती

कुल्दाजुपवन न्‍यौपाने

गाना मस्त छ रे

म आफैं

छान न छान; छपनिले छान
डबका



डब्क्याउँदै
फोन नंबर दिने नयाँ तरिका

प्रकृती सुन्दर छिन
नुहाउनुको मज्जा

Wednesday, July 29, 2015

केही हाइकु

जलन हुन्छ
देख्दा तिम्रो प्रगती
हामी नेपाली

तिते करेलो
भुटेर खाँदा पनि
मिठै हुन्छ त

पिँडालु खाँदा
कोक्याउँछ घाँटीमा
नखानु अब

नरिसाउ है
कहिले नै म सँग
म माया गर्छु


बिश्वास लाग्छ
र पो अनि मलाई
म माया गर्छु

यै छ पिरलो
तिमी ढाडे बिरालो
धुरी भिरालो

कात्रोको खल्ती
सम्पन्न भ्रष्टाचार
सुखी जीवन

हुन्छ है नि त
तिमीसँगको माया
नछोडौँला म

दिल कि रानी
नजरको वाणले
नहान न है

जिरो फिगर
भो रहर नगर
भुत झैँ हुन्छ्यौ

आश नगर
सपनाको महल
तिमी पियारी

मन दुख्छ
कहिलेकाँही यसै
तिमी सम्झिँदा

आइ एउटी
फ्याट्ट रिट्विट गर्न
के सोचेर त


एउटी आइ
फ्याट्ट फेभ ठोकी र
बेपत्ता भै त

मन दुख्न त
कुनै ठुलो कारण
चाहिन्न रे नि