Showing posts with label iPhone. Show all posts
Showing posts with label iPhone. Show all posts

Wednesday, May 28, 2014

iDevice flash file download

एप्पल उत्पाद गरेका समानहरूलाई समग्रमा #iDevice भनिन्छ। त्यसमा लाग्ने फ्रमवेयरहरू यो पटको पोष्ट दिइएको छ। हुन त आइडिभाइसहरूलाई #iTunes जोडेर त्यही बाट फाइल डाउनलोड गरेर पनि अपडेट वा रिस्टोर गर्न सकिन्छ। तर इन्टरनेट कनेक्सन स्लो भएमा फाइल डाउनलोड गर्न हैरानी बेहोर्न पर्छ। तर यो साइट बाट डाउनलोड गर्दा थर्ड पार्टी सफ्टवेयरबाट पनि गर्न सकिने हुनाले सजिलो हुन्छ। 

Wednesday, July 4, 2012

How to create your free Apple ID

कुनै पनि एप्पल डिभाइसमा आइट्युन्स स्टोर बाट एप्स डाउनलोड गर्नको लागी एप्पल आइडी को आवस्यकता पर्दछ। आइट्युन्स स्टोर बाट कुनै एप्सको लागी पैसा तिर्नु पर्ने हुन्छ भने कुनै एप्स सिंतैमा पाइन्छ। तर सिंतैमा पाइनै एप्सको लागी पनि एप्पल आइडी भने चाहिन्छ। एप्पल आइडी दुइ प्रकारले बनाउन सकिन्छ। एउटा क्रेडिट कार्ड डिटेल भरेर भने अर्को सित्तैमा। आज सित्तैमा बनाइने एप्पल आइडीको बारेमा सचित्र बाताइने छ। 
1.Run iTunes first
2. Click iTunes Store
 3. Chose any free apps 
4. iTunes ask your apple ID. Then select create apple id
5. Click continue
6. Cheek  agree apples terms and conditions 
7. Click Agree
8. Feel your data
 9. Click continue 
10. Select None
11. Submit your data and click Create Apple ID
12. Now check your email and verify
 Your apple ID is ready to use now

Wednesday, April 4, 2012

आफ्नो आइफोन आफैं अनलक गर्नुहोस


यो पटक तपांइहरुलाइ आइफोन 3GS लेटेस्ट फ्रमवायर अनलक गर्ने तरिका बताउन पाउदा खुसि लागेको छ। यसका लागी चाहिने सामाग्रीहरु
१.      लेटेस्ट आइट्युन्स डउनलोड गर्नुहोस
२.    3GS को फ्रवायर 5.1
सबै भन्दा पहिला आइफोनलाइ 5.1 मा रिइस्टोर गर्नुहोस। त्यसकालागी फोनलाइ अफ गर्नुहोस। त्यस पछि होम बटन थिचिरहेर usb केबललाइ फोन संग जोडनुहोस। डिस्प्लेमा आइट्युन्स कनेक्ट साइन देखिन्छ। होम बटन छोडिदिनुहोस। कम्प्युटरमा आइट्युन्स प्रोग्राम चालु गर्नुहोस। आइट्युन्सले तपांइको फोन रिकबरि मोडमा छ। रिइस्टोर गर्नुहोस भनेर देखांउछ। कि-बोर्डमा शिफ‍ट बटन थिचेर रिस्टोरमा क्लिक गर्नुहोस। फाइल लोकेसन माग्छ। फाइल लोकेसन दिनुहोस। अब आइट्युन्समा फोन रिस्टोर हुँदै गरेको देखाउंछ। केही समय कुर्नुहोस। अब हजरको आइफोन 5.1 मा रिइस्टोर भयो। फोनलाइ अब वाइफाइ कनेक्ट गरेर एक्टिभ गर्नुहोस।
अब फोनलाइ जेलब्रेक गर्नुपर्ने हुन्छ। त्यसका लागी रेडस्नो 0.9.10b6 डाउनलोड गर्नुहोस। रेडस्नो लाइ अनजिप गर्नुहोस। अब रेडस्नो रन गर्नुहोस।
जेलब्रेक मा क्लिक गर्नहोस। नेक्स्ट गर्नुहोस। आइफोनलाइ अफ गरेर usb केबल जोडनुहोस। फोनलाइ प्रोग्रामले भनेबमोजिम DFO मोडमा लैजानुहोस। अब  इन्सटल साइडिया र इन्सटल आप्याड बेसब्यण्डमा चेक गरेर नेक्स्ट गर्नुहोस। केहि समय पछि फोन नर्मल मोडमा अन हुन्छ। त्यसमा साइडिया भन्ने प्रोग्राम थपिएको हुन्छ। अब फोनलाइ अनलक गर्नु पर्ने हुन्छ।
अनलक गर्नको लागी मोबाइलमा साइडिया रन गर्नुहोस। यस्तो देख्नुहुन्छ।

अब म्यानेजमा मा क्लिक गर्नुहोस। अनि सोर्स छान्नुहोस। अब फोनको बांया पट्टि माथिल्लो कुनोमा इडिडिट भन्ने अप्सन हुन्छ। त्यसमा क्लिक गर्नुहोस। अब एडमा क्लिक गरेर तलको सोर्स एड गर्नुहोस।

सोर्स एड गरिसके पछि अल्ट्रा स्नो फिक्सर फर 5.1 सर्च गरेर इन्सटल गर्नुहोस।

अब अल्ट्रा स्नो इन्सटल गर्नुहोस।

अल्ट्रा स्नो इन्सटल भैसके पछि फोन रिस्टार्ट हुन्छ। सिम कार्ड राख्नुहोस। फोनले तपांइको लोकल नेटवर्क देखाउछ।
यसरी आइफोन 3GS लाइ एप्पलको नयाँ अपरेटङ सिस्टम आइ ओयस 5.1 मा अपग्रेड गरेर अनलक गर्न सकिन्छ। अत्याधिक जानकारिका लागी kumarphuyal@gmail.com मा मेल गर्नुहोला
यो लेख http://www.ijailbreak.com http://www.spiritjb.org http://everythingapplepro.net लगायत साइटहरु को सहयोगमा तयार पारिएको हो