Showing posts with label गाली. Show all posts
Showing posts with label गाली. Show all posts

Friday, January 27, 2012

आमाचकारी गाली

रिसको झोकमा बाहुनले पनि बेद पढ्दैन गालिनै गर्छ। पशुहरुले गाली गरेको मैले कहिल्यै देखेको छैन। मैले बुझ्न धेरै कोसिस गरें तर पनि बुझ्न नसकेको कुरा चाँही मानिसहरु गल्ति नै नगरेको मानिसलाइ गाली गरेर कसरी खुसि हुन सक्छन भन्नेनै हो। जस्तो कि कुनै लोग्नेमानिसलाइ गाली गर्नु परेमा उसलाइ आमाचकारी गाली किन गरिन्छ? होला त्यो मान्छेले गल्ति गर्यो तर ति आमा के गल्ति छ र तिनले गाली खानु पर्ने? मेरो बिचारमा आमा जननि हुन् सबै कि। त्यो शब्द नै हाम्रा लागी पवित्र छ। कसैले गल्ति गरेकै भरमा ति आमालाइ गाली गर्न मिल्छ।
अनि स्वास्निमानिसलाइ चाँही गाली गरेको भनेर उसको लोग्ने वा बाबु(पिता) लाइ गालि गरिन्छ। यो कति सम्म जायज हो? हजुरहरुको बिचारमा। पशुहरु ति निकृष्ट मानिसहरु भन्दा धेरै भाग्यमानी छन् जसले कमसे कम एउटाको गल्तिमा अरुलाइ गालि त गर्दैनन्। अनि मलाइ ति निकृष्ट मान्छेहरु प्रति दया लाग्छ। जो त्यसका भागिदार छन्। हे कुकुर भन्दा निकृष्ट मानिसहरु सक्छौ भने आफुलाइ सपार आमा दुर्लभ हुन्। तिनलाइ गाली गर्दा पनि तिनले आशिक नै दिन्छिन्; सराप्दिनन्। त्यसैले जसको गल्ति हो उसैलाइ गालि गर। मुख्य ब्यक्तिलाइ गालि गर्ने नाममा दोश्रो ब्यक्तिलाइ गाली गर्नु पशु भन्दा पनि निकृष्ट हुनु हो। मेरो बिचारमा हजुरहरुलाइ के लाग्छ। कमेण्ट बक्समा लेख्नुहोला। धन्यवाद............................