Showing posts with label जिवन. Show all posts
Showing posts with label जिवन. Show all posts

Wednesday, September 4, 2013

शिर्षक के राखौ र खै

जिबनका कथाहरू जिबन संगै बिलाइ जाने भएत, मरे पछि डुमै राजा भनेर ढुक्कै बस्नु हुन्थ्यो नि। पुस्तौ पिर्छ र पो त। फेरी "जिउ रहे घ्यु खान पाइन्छ" भनेर पुर्खाले सिकाए । पो त बाँच्ने लालसाले छोडेकै छैन आजका दिन सम्म पनि। "म शुन्यमा शुन्य सरि बिलांए" महसुस हुँदा त बाँच्नु बेकारै हो जस्तो लाग्छ। जिबन के हो? आज सम्म पत्तो नपाइ बाँचेकै छु, अब पनि बाँच्नु नै छ। काल नआइ मरिन्न क्यारे, आत्महत्या गर्ने आँट छैन। अँ, साँच्चै म जस्तै मर्ने आँट नभएर कति होलान है यो संसारमा? जे होस फाइदै भएको छ, मोफतमा संसार देख्न पाइएको छ जो बाँचेर
"एकसरो जीबन त कुकुरले पनि पाल्छ" केटा, बाँच्नु छ भने सार्थक जिबन बाँच भनेर बाले भन्नुहुन्थ्यो। तर खै के पो सकिएला र, कुकुर बचाइ हुने भो आफ्नो सायद मराइ पनि त्यस्तै हुने पो हो कि? खै शङ्कै लाग्छ। जिबन चलेकैछ भनेर सन्तुष्ट हुने हो भने त त्यसो हुन पनि बेर नलाग्ला। बाको बचन राख्नैको लागी भए पनि जिबनमा उन्नती प्रगती नगरी भ'को छैन। तर गर्ने पो कसरी खै!
जिबन न सरल रेखा हो न चुरोटको धुवाँको गोल चक्का, बरु यो त चैते हुरी झै लाग्छ मलाई। कतिखेर उंडाएर कता पुर्‍याइदिन्छ पत्तै नहुने। खाडल माथिको खाडल हो जिबन। अभाव भित्रको अभाव हो जिबन। कोही कुकुर मोटर गाडी चढ्छन भने कोही कुकुर सरि हि‌ड्छु भन्दा पनि सुख पाउंदैनन्। कहिले काँही त "अलि अलि हार हो अलि अलि जित, जे होस जिबन अनमोल गित" भने झै लाग्छ मलाई........................... .............. ........                                                                                                                           जय होस सबैको    

Wednesday, July 18, 2012

कान्छी

 तस्बिर गुगलबाट
कान्छी मौन छे अचेल; मन भित्र हुन्डरी लिएर।
धुम्मिएर बसेकी छ आंधी आउने आशामा।
सोच्छे आंधी अनि त्यो पछिको बर्षातमा पखालिनेछ सबै मनका मैलहरु।
त्यसै त्यसै साह्रै सुस्त छे उ।
बोलाइमा गराइमा अनि भोगाइमा जिबनको।

कुनै बेला सूर्यमुखी फुल झै फक्रीएकी कान्छी उमंगले जिवनको।
 हाँसीखुसी मयुर रंग झै कल्पना अनि चाहनाले।
मस्कंदै अनि जिस्कंदै उत्साहले।
सुखद भबिष्य अनि सुखद जिबनको कल्पनाले।
छुनुमुनु गर्दै, चहचहांउदै अनि गाँउदै मिठा गितहरु जिवनको एक्लै।

उक्लंदै जब जिवनका खुंडकिलाहरु।
पार गर्दै दुरीहरु जिबनकै।
कान्छी मौन छै अचेल, थामीएर पाइलाहरु।
बढेर मनका ब्यथाहरु, त्यसैले।
सोच्छे आंधी अनि त्यो पछिको बर्षातमा पखालिनेछ सबै मनका मैलहरु।