Showing posts with label पाउ. Show all posts
Showing posts with label पाउ. Show all posts

Monday, August 27, 2012

शिर्सक आफैं राख्नुहोस


नसम्झाउ भो, अत्ति दुख्छ अतितका ति घाउहरु
सिमेन्टको जंगल बसि संझदा ति गांउहरु
गोठालो र खसि पाठा चरांउदा ति माउहरु
हेर्दै सातो खाने हाम्रा आमा अनि बाउहरु

संगै डुल्दा खेत पाखा तर्दा खोला नाउहरु
लाएका ति मायां पहिल्यै साक्षी राखी गांउहरु
समय जब बित्दै गयो खोज्यौ हाम्ले भाउहरु
दोस लाउन एक अर्कालाइ सप्रमाण दाउहरु

खानदान ठुलो आयो जब मिले तिम्रा बाउहरु
तिमिले पनि टाढा हुने खोज्न थाल्यौ दाउहरु
यति सबै हुँदा हुँदै क्रमै संग मिले पछि
बिहे गरि गयौ तिमी चर्काइ मेरा घाउहरु

त्यसैले त अहिले भन्छु नसम्झाउ इ घाउहरु
खाटा बसि सकेका इ मेरा प्यारा घाउहरु
खुसि छु म आज एक्लै खुसि हुन देउ मलाइ
नआउ भो याद हरुमा पर्छु तिम्रा पाउहरु