Showing posts with label साभार. Show all posts
Showing posts with label साभार. Show all posts

Saturday, March 31, 2012

मनोवाद १.२ खनोवादमा परिणत

झण्डै २ महिना अगाडि मनोबाद १.१ लेखेको थिए क्या, त्यो लेख्ने बेला आफ्नो कर्तब्य के हो भनेर आफुलाई सम्झाएको थिए। करिब महिना दिन जति मैले आफ्नो कर्म राम्रो सँग गरे, अफिसको समयमा अफिसको नै काम गरे, ट्विट गरेर मेरो काममा हुने प्रगतिलाई रोकि राखेको छु जस्तो लागेर ट्विट पनि कम गरे साथ साथै काम पनि गर्दै गए। आफुलाई कुन बाटोमा हिडाउने भन्ने कुरा अरुले भनेर नहुने रै'छ। जब म आफैले बुझेर यसो गर्नु ठिक हुन्छ त्यसो गर्नु बेठिक हुन्छ भनेर जान्न थाले तब काममा बढि ध्यान दिन थाले। जस्को फलस्वरुप लामो समय देखि अड्किएर बसेको काम सके। जस्ले एउटा छुट्टै सन्तुष्टि दिएको छ। ट्विटरमा धेरै भुले भनेर मैले काम गर्ने दिनहरुमा ट्विटर एकाउण्ट डिएक्टिभेट गर्दै सप्ताहन्तको दिनमा मात्र चलाउन थाले। आफुले गरेका ट्विटहरु केहि समयपछि डिलेट गर्न थाले, कारण ति ट्विटका जवाफ पछिसम्म पनि आउथे अनि जवाफ फर्काउन नपाउदाँ ट्विटरमा चलेको उपाधी 'बरिष्ठ'ले सम्मानित हुनु पर्ने डर हुन्थ्यो।

बरिष्ठ हुन पाउदाँ नि किन डराउने भन्ने प्रश्न गर्नु होला, ट्विटरमा बरिष्ठ हुनु भनेको जिन्दगीमा हजुरले खानु भएको गालीहरु सबैभन्दा डरलाग्दो गालि हो, नेपालि ट्विटर आकाशमा राजावादी र सामन्ती भने जस्तो हो। के लेख्न सुरु गरेको थिए कहाँबाट यो बरिष्ठ आयो बिचमा फेरि। हजुरहरुलाई था'छ होला समाजमा सामान्यतया ३ वटा बर्ग हुन्छन। जसरि समाजमा गरिब(माओवादी(उनिहरुले भन्ने शब्दमा) - मजदुर - किशान - भोका - नाङ्गा), मध्यम(एमाले - दहि च्युरे - जसले उठाएको कुरामा जनमत बढि हुन्छ त्यसैलाई आफ्नो बिचार भन्ने) र उच्च(काँग्रेस - सामन्ती - राजाबादी - राप्रपा) बर्ग गरि ३ वर्ग छन त्यसरी नै नेपालि ट्विटर चलाउनेहरुको पनि बर्गिकरण गरे हुन्छ।

जसरि समाजका उच्च बर्ग हुन्छन, त्यहि बर्गमा पर्ने गरि नेपालि ट्विटर आकाशमा प्रयोगकर्ताहरुले दिएको नाम हो बरिष्ठ। ति बरिष्ठहरु मेन्सनका भोका हुन्छन, साथसाथै रि-ट्विटका पनि भोका हुन्छन। अनि बरिष्ठहरु एउटा कुरा उठाउछन, अनि सबैले त्यहि बिषयमा ट्विट गरुन भन्ने पनि चाहना हुन्छ। शैली ठ्याक्कै सामन्ती पाराको हुन्छ अनि बोलि औशि र पुर्णिमामा जस्तै गरि फुट्छ जसरि महावाणिहरु आउथे पहिला, र सामान्यतया 'नमस्कार' 'मैले बुझे' 'म हेर्छु' भन्ने किसिमका ट्विट आउछन। ट्विटरमा लामो समयदेखि बसेका ट्विटरलाई आफ्नो बाउको बिर्ता सम्झनेहरु पनि यो बर्गमा पर्छन। अनि जसरि नेपालमा गोरा छाला वाला राजदुतहरु बरिष्ठमा पर्छन, त्यसरी नै ट्विटर बाहिरको सँसारमा ठुलो अहोदामा काम गर्नेहरु पनि बरिष्ठमा पर्छन। ब्रायन एडम्स नेपालमा आउनु भन्दा पहिले देखि नै ट्विटरमा भएकाहरु अधिकाँश अहिले बरिष्ठको रुपमा परिणत भएका छन।

ब्रायन एडम्स नेपालमा आए पछि र २५ पैसे ट्विटर अभियान सुरु हुनु भन्दा अगाडि(र त्यहि समयको आसपासमा) ट्विटरमा छिरेकाहरु मध्यम बर्गका ट्विटेहरु पर्छन। हो मा हो मिलाउने, रिट्विट गर्ने यि बर्गका ट्विटेहरुको दिनचर्या हो। बिहान कुखुरो बास्ने बित्तिकै गुड मर्निङ भन्दै सबैलाई मेन्सेर यिनीहरुको त्यो दिनको ट्विटर यात्रा शुरु हुन्छ। बरिष्ठहरुका ट्विट रिट्विट गर्नु, अनि अगाडि पछाडि आफ्नो थोरै हो सहि हो भन्ने ब्यहोराको शब्दहरु झुण्डाउनु, अनि फलोवर काउन्ट गर्ने, कस्ले कस्लाई फलो गर्यो, कस्ले कस्लाई अनफलो गर्यो सबै लेखाजोखा राख्नु, बेला बेला आफ्नो अष्तित्व जोगाउनु अनावश्यक बबण्डर खडा गर्ने हरु यो बर्गमा पर्छन। हाम्रो देशको एमाले पार्टीलाई हेर्नु भयो यो समुहको तस्विर सिधा आँखा अगाडि आउछ। यो समुहको बारेमा उल्लेखनिय केहि पनि छैन त्यसैले म धेरै केहि लेख्दिन।

जसरी बहुदल आएर एमाले काँग्रेश सत्तामा आए अनि त्यसपछि माओबादिमा सत्ता र शक्तिको मोह जागेर आयो, त्यसै गरि २५ पैसे अभियानले फेसबुक देखि पत्रिकासम्म नेपालि ट्विटे छाउन थाले पछि ट्विटरमा छिरेकाहरु माओवादि बर्गमा पर्छन। यि गरिबिको रेखा मुनि हुन्छन फलोवरको हिसावले अनि जसरी पहिला माओवादीहरुले वालपेन्टिङ र पोस्टरिङ गर्दै आफ्नो प्रचार गर्थे त्यसरि नै यिनको ट्विट भनेको मैले फलो गरे है मलाई फलो गर्नुस भन्ने किसिमको हुन्छ। यिनको ट्विटमा धम्की भरिएको हुन्छ, मलाई फलो गर भने जस्तो माओबादीले पहिला पहिला चन्दा मागे जस्तो हुन्छ। यिनिहरु एमाले ट्विटेलाई लिएर बरिष्ठ ट्विटेहरु बिरुद्ध धावा बोल्छन, छापामार यु्द्ध जस्तो, अनि एउटा बरिष्ठले ठुलो भाषामा ट्विट पड्काउछ त्यसपछि एमाले बर्गका ट्विटे कुना पस्छन, यि माओबादि बर्गका ट्विटे जङ्गल पस्छन।  

दुई महिना ब्लग बिना कता हराए, ट्विटरमा किन लुकि लुकि ट्विट गरे, किन भागि भागि हिडे भनेर लेख्छु भनेर सुरु गरेको कताबाट त्यो बरिष्ठ शब्दले गर्दा मेरो कुरा नै बङ्गाईदियो। म हराउनु र अलि अर्कै ब्यबहार गर्नुको पछाडि म काम गरि रहेको प्रोजेक्टको रिलिज डेट नजिकै आएको भएर हो। फेब्रुवरीको ईण्डमा कोड कम्प्लिट गरेर मार्चको बिगिनिङमा बेटा रिलिजमा जाने अनि मार्चको ईण्डमा फुल रिलिजमा जाने प्रोजेक्ट प्लान थियो। फेब्रुवरिको ईण्डमा कोड त कम्प्लिट भयो तर हामिले फलो गरेको डकुमेण्ट पुरा नभएको कारणले बेटा रिलिजमा भएको प्रोडोक्टमा फेरि फिचर एड गर्नु परेकोले २ महिना गधा जस्तो गरि काम गर्नु परेकोले हराएको हो। अहिले प्रोडोक्ट सो फार सो गुड रन भइरहेको छ बेटा साईटहरुमा, अनि नेक्स्ट रिलिजको लागि स्कोप नहुन्जेल यसो हल्का हुने भएकोले ट्विटरमा हल्ला गर्न थालेको छु, र लगभग दुई महिना पछि यो पोस्ट गरेको छु।

अनि साँच्चै त्यो माथि ट्विटेको बर्गिकरण गर्या चाँहि बिशुद्ध मनोरन्जनको लागि हो, कसैको बास्तविक जिवनसँग मेल खान गएमा सँयोग मात्र हुनेछ। यदि त्यो बर्गिकरण साच्चै नै हुने हो भने म कुन बर्गमा पर्छु होला भनेर सोचिरहेको छु। अनि ति अण्डा धारी ट्विटेलाई तराईका मुक्ति मोर्चासँग तुलना गर्नु पर्ला भन्ने पनि सोचिरहेको छु। अनि शिर्षक पनि मनोवाद १.२ राखेको थिए, उल्टो पाल्टो लेख्न थाले लेख्दा लेख्दा नि शिर्षकनै परिवर्तन गर्दे, मनोवाद १.२ खनोवादमा परिणत भनेर :) 
यो बल्ग www.prbht.info/2012/03/blog-post.html  बाट साभार गरिएको हो

Friday, February 24, 2012

तितो सत्यको नमिठो व्यंग्य

तितो सत्यको नमिठो व्यंग्य

Sunday, February 5, 2012

सपना अधुरै छ


शनिबारको कान्तिपुरमा बिदाइ भएर जाने लडाकुका निराशापूर्ण कथा छापिएका छन् । नयाँ र सुन्दर नेपाल बनाउने सपनाका साथ वर्षौं लडेका र त्योभन्दा पनि अप्ठ्यारो समयमा गाह्रोसाह्रो सहँदै भयानक अनिश्चितता र अपमानका बाबजुद पनि अनुशासित रूपमा ५ वर्षसम्म क्यानटोनमेन्टमा बसेका उनीहरू निराशा र अपमानसहित नै बिदाइ भएका छन् । राजनीतिक नेतृत्वको अदूरदर्शिताले पाउनुसम्म दुःख पाएर त्यही नेतृत्वबाट उधारो सपनाको भारी लिएर उनीहरू बिदाइ भएका छन् । अगाडिको बाटो अनिश्चित छ। तर जसले जे भने पनि

उनीहरूको ५ वर्षसम्मको धैर्य हेर्दा अधिकांश लडाकु शान्तिपूर्ण र अनुशासित जीवन बाँच्नेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ । जाँदाजाँदै उनीहरूलाई भन्न चाहन्छु, नयाँ र सुन्दर नेपाल बनाउने सपना हाम्रा पनि हुन्, जुन पूरा भएका छैनन् । यी साझा सपना पूरा गर्न मिलेर काम गरौं ।

                                                  इन्द्रध्वज क्षेत्री

                                                      काठमाडौं 
इन्द्रध्वज क्षत्रिको २२/१०/२०६८ मा छापिएको पाठक पत्र साभार गरिएको

Wednesday, January 25, 2012

‘समाचार लेख्न पैसा असुल्छन्–पत्रकारहरु’

यो कल्पना होइन, वास्तविकता हो । कथा होइन, यथार्थ चित्रण हो । अतिरञ्जना होइन तीतो भोगाई हो, भुक्तभोगीहरुको । हो, समाजमा सञ्चारकर्मीको खोल ओडेर अपत्रकारिता गर्नेहरुको ‘नेपथ्यको कालो’ सत्य यही हो । सञ्चारमाध्यम, जसले निरन्तर सूचनाको प्रवाह गर्छ । सूचनाका संवाहक सञ्चारकर्मीको यस्तो घिनलाग्दो कार्यले सम्पूर्ण निष्पक्ष पत्रकारिता गर्ने पत्रकारको पेशा र इमान्दारिताप्रति नै उपहास गरेको छ । तमाम सञ्चारकर्मीको निधारमा कालो धब्बा पोत्ने ति कथित पत्रकारहरुलाई सम्पूर्ण मिडिया हाउस र सञ्चारकर्मीले नै बहिस्कार गर्न सक्नुपर्छ । अन्यथा पत्रकारकै चरित्रमा समाजले खोट लगाइरहने छ । आफै दाग लागेका पत्रकारले अन्यको खोटको सत्य–तथ्य संप्रेषण गर्छन् भनेर आमसर्वसाधारणले कसरी पत्याउने ?

यो कुरा त्यति टाढाको पनि हैन । काठमाडौंबाट केही किमी मात्र दुर वीरगञ्ज, पर्सा जिल्लाको हो । पर्सा जिल्ला अर्थात् वीरगञ्जमा यस्ता घटना दिनहुँ भइरहने स्रोतले ठोकुवा गरेको छ । वीरगञ्ज भ्रमणको क्रममा पंक्तिकारले स्थानीय केही व्यक्तिहरुसँग पत्रकारिताको विषयमा कुरा गर्दा स्थानीय पढेलेखेकैले सुनाएको अपच लाग्ने घटना हो–यो । हो, स्रोतल भन्छ–पैसा कमाउन जे गर्न पनि तयार हुन्छन्, त्यहाँका पत्रकारहरु । स्रोतको यो पनि जिकिर छ कि–वीरगञ्जमा यदी कसैको डर, त्रास छ भने त्यो स्थानीय पत्रकारकै हो । स्थानीय पत्रकार विभिन्न वाहानामा पसल, शैक्षिक संस्था, फाइनान्स जस्ता सेवामूलक व्यवसायसँग पनि झिनामसिना कुरामा खोट देखाई रकम असुल्ने गर्छन् ।

झुम्का डट कमबाट साभार गरिएको
पुरा समाचार पढन यहाँ क्लिक गर्नुहोला
http://jhoomka.com/blog/detail/260/491/-