Showing posts with label WiFi. Show all posts
Showing posts with label WiFi. Show all posts

Tuesday, June 19, 2012

मोबाइलमा लामो समय ब्याट्री टिकाउने केही तरीका

कहिले काँही असमय मै मोबाइलको ब्याट्री सकिएर हैरानी ब्यहोर्नु पर्ने हुन्छ। कारण नेपाल जस्तो देशमा प्राय लोडसेडीङ वा लामो यात्राहरु नै हुन। हामीले थोरै मात्र साबधानी अपनाएमा यो समस्याबाट मुक्ती पाउन सकिन्छ। यहां ब्याट्रीलाइ लामो समय कसरी बचाउने भनेर केही तरीकाहरु बुँदागत रुपमा पेस गरेको छु।
१)                           भाइब्रेटरलाइ अफ गर्नुहोस र रिङ भोलुमलाइ थाहपाउन सकिने गरि सानो बनाउनुहोस।
२)                          यदि फोन उठाउनु नपर्ने अबस्थामा हुनुहुन्छ भने फोन अफ राख्नुहोस। जस्तै सुत्दा, मिटिङमा, सबारि साधनमा रंहदा, फिल्म हेर्दा।
३)                          मोबाइलमा ब्याट्री कम छ र छिटै चार्ज गर्ने संभाबना छैन भने अनाबस्यक फिचरहरु नचलाउनुहोस। जस्तै म्युजिक प्लेयर, क्यामरा, इन्टरनेट।
४)                         सके सम्म छोटो कुराकानी गर्नुहोस। यसले ब्याट्रीमा भएको चार्जलाइ बचाएर राख्छ।
५)                         नेटवर्क कमजोर भएको ठांउबाट पुरा नेटवोर्क भएको ठांउमा जानुहोस। वा कमजोर नेटवर्क भएको ठाउमा मोबाइललाइ अफ गर्नुहोस। किनभने मोबाइलले नेटवोर्क खोज्ने काममा धेरैनै ब्याट्री खर्चन्छ।
६)                          काम सकिए पछि वाइफाइ, ब्लुटुथ, 3G, GPRS, GPS इन्फ्रारेड अफ गर्नुहोस। यसले अनाबस्यक रुपमा ब्याट्रीको खपत बचांउछ।
७)                          मोबाइल को डिस्प्ले ब्याकलाइटलाइ कम समयको लागी निर्धारण गर्नुहोस। ५ सेकेण्ड पर्याप्त हुन सक्छ। एनिमेसन भएका स्किन सेभर र धेरै रंग भएका वालपेपर हटउनुहोस। स्किनसेभर बन्द गरेर सादा वालपेपर मात्र राख्नुहोस।
 तस्बिरहरु गुगलतिरबाट लिइएका हुन