Showing posts with label सस्मरण. Show all posts
Showing posts with label सस्मरण. Show all posts

Wednesday, February 1, 2012

मैले पढ्न नपाएका दुई कबिता


आज धेरै पछि म सानो हुँदाको एउटा कुरा याद आयो। कुरो त्यती बेलाको हो; जतिबेला प्लास्टिको झोलाको चलन आइ सकेको थिएन। त्यो समयमा किराना पसलेहरुले सामान बेच्दा कागजको थैलोमा पोको पारेर बेच्थे। अनि हामी पनि घरबाटै लगेका झोलामा ति सामानका पोका जम्मा गरेर लिएर आँउथ्यौ।
म सायद पाँच कक्षामा पढ्थे‌। बुबाले चिनी ल्यउनुभएको थैलो मा मेरो आँखा पर्यो एकदिन। अनि चिनी थालमा खन्याएर लागें थैलो खोतल्न तिर किन कि त्यो थैलोमा गजबको कबितांस छापिएको थियो। म मक्खै पर्ने गरि। मलाइ पुरा कबिता पढ्न हतार भएको थियो। त्यहि सिलसिलामा बुबाको दुई लात पनि भेटेको थिंए चिनि छरेको निहुँमा। कबितांस यस्तो थियो।
भन्सार कर हो सार
बेसार अरु जागिर।
परराष्ट्र नया कार
प्रहरी हरिको बर।।
तर जुन कबिता पुरै पढ्ने हुटहुटीले दुई लात सजिलै पचाइएको थियो; मेरो दुर्भाग्य यि चार लाइन कबिताका अन्तिम चार लाइन थिए। बिचमा अरु नै लेख थियो। जुन अहिले सम्झन्न। तर फेरी अन्तिममा अर्का चार लाइन थिए उस्तै शिर्षक बिनाका। ति एस्ता थिए।
हुनन् पुज्य पिताजी पुग्न लागे अशिमा
अब त बेला पनि भयो मिल्न जाने शशिमा।
गर्नु जति सब गरिहाल्यौ हाम्रा निम्ती भलाइ
अब त रहर छ तिम्रो श्राध्द गर्ने मलाइ।।
मलाइ आज पनि इ दुई कबिता पुरै पढ्ने उत्तिकै हुटहुटी छ। अनि रचनाकार पत्ता लगाउने पनि। यसमा मेरा मित्रहरुको सहयोग मिल्छ कि भनेर आज यो बल्ग लेखेको हुँ। हजुरहरुलाइ थाहा भए सम्म सहयोग गर्नु नै हुन्छ। भन्ने आशा गरेको छु। धन्वाद___________