Showing posts with label नेपाली साहित्य. Show all posts
Showing posts with label नेपाली साहित्य. Show all posts

Saturday, August 8, 2015

कबिता

काम नपाउँदा ट्विटरमा लेखीका केही थान टविट खेर नजाउन भनेर यहाँ राख्ने जमर्को गरिएको हो । आगे हजुरहरूको मर्जी। सिर्सक राख्न मलाई आएन। खुदैले जे राख्नु भए पनि हुन्छ ।

प्रिय, मलाई नसोध कहाँ दुख्छ घाउ
लौरो बोकेर उभिएको छ पछाडी तिम्रै बाउ
कतीखेर पाउँछु भनेर हान्न
कत्रो सुम्ला उठ्ला भनेर जान्न
प्रिय, तिमी गुन्द्रुक हौ भने म झोल हुँ
तिमी सिरक हौ भने म खोल हुँ
त्यसैले भन्देउ तिम्रा बालाई
तिमी उहाँको सितन हौ भने म झोल हुँ
लाठो बाहिरै फालियोस् भन्नी चाहना हो
मलाई तिमीसँगै पालियोस् भन्ने बाहना हो
जे सुकै भनुन् तिम्रा बाले तर
सँग जीवन हाम्रो भगवानको लहना हो

यो चाँहो अर्को

किन आउँछ हरेक दिन बिहान
खोतल्नलाई हिजोको चिहान
सातामा एक पटक आए हुन्न
त्यसो गर्दा मन मेरो रुन्न
अझ बरु हरेक दिन
मलाई मन परेको सबै क्षण
बिस्तारै भोली पनि आओस
सबै ढोका खोली जाओस

Wednesday, February 4, 2015

कबिता

उखान र टुक्काले नै देश बन्ने भए
बाहुन र क्षत्री बाहेक अरूका दिन गए
जनजाती दलित र मधेसीका हिस्सा
ओलीबाले बनाइदिन्छन टुक्का हाल्दै किस्सा

देश हाम्रो चलाउनलाई बाहुनबाद नै चाहिने
त्वम शरणं गरेमा चाँही थोरै हिस्सा पाइने
देश हाक्ने यस्ता नेता बारणासी जाउन
नेतृत्वमा प्रगतीसिल यूवा बर्ग आउन

संघ हुँदै हुन्न भन्छन् निल्न सिङ्गै देश
दौरा सुरुवाल ढाका टोपी पहाडिया भेष
माग्दा पनि अधिकार नदिएमा झन
अनि बल्ल सुरू हुन्छ देशको बिखण्डन

देश सिङ्गै बचाइराख्न अधिकार दिनु
पुरै देश शासन गर्न केन्द्र शत्ता लिनु
संघहरूलाई विभाजन गर्दा अधिकार
हुन्छ केन्द्र बलियो पर्दैन नि भार

Tuesday, July 16, 2013

सपना

तस्बिर गुगलबाट



देखेको सपना मैले जमानैमा
आयो सम्झना अहिले
यो मनैमा
पुर्खाले रगत छरेको ठाउं
भएका बिराना ति गाउं
नेपाल देशमा गाभिए रे
ब्युझेर हेरें जुरुक्क
सुने समाचार खुरुक्क
उफ्रन चांहे बुरुक्क
तर
यथार्थमा मेरो सपना
सपनै रह्यो मेरो सपना
बिपना भन्दा धेरै पर

Wednesday, December 5, 2012

“लू” मेरो आँखामा

नयनराज पाण्डेको बहुचर्चित उपन्यास “लू” अनन्य मित्र मार्फत हात लाग्यो। पाँच दिनमै सात पटक भन्दा बेसी पढें। “लू” पढिसकेपछि मेरो मनमा लागेका केही कुराहरु यो ब्लगपोष्ट मार्फत यहाँहरु सामु राख्दै छु।
सबैभन्दा पहिला मेरो मनैमा छोएका केही लाइनहरु
“सपना त हेरिरहनुपर्छ। सिनिमा हेरेको पो टिकस (टिकट) लाग्छ। सपना हेरेको त टिकस लाग्दैन नि।” पृ. १२
“जिवनको बोझले उसलाई अझै गलाइ सकेको थिएन। गरीबीसितको सङ्घर्षले उसलाई अझै पराजित गरिसकेको थिएन। त्यसैले पनि होला उ कति आकर्षक देखिएकी थिई। गाँउका अरु तरुनीभन्दा फरक। बिल्कुल फरक।" पृ. ५५
आँखाबाट आँसु बगिदिए पनि उसको मन कति हलुङ्गो हुन्थ्यो होला! उसको मन भित्रबाट आँसुको मूल त फुट्छ, तर त्यो आँसु उसका हरियो पन्ना जस्ता आँखामा दह भएर जमिदिन्छ। र त्यहीँ कता हराँउछ कता!” पृ. ११८
“हरेक रात उसको ‌ओछ्यानमा पुरुषहरू फेरिन्थे। हरेक रात उसले “म तँलाई माया गर्छु” भन्नेहरू भेट्थी। तर बिहान हुञ्‍जेल ती कामुक प्रेमीहरूको होस ठेगानमा आइसकेको हुन्थ्यो।“
“राप्ती तरेर पत्थरपुरवाको माटोमा टेक्दा उसलाई लाग्यो, उसले विगतको घिनलाग्दो स्थितिलाई पछाडि छोडी र सुन्दर वर्तमानमा पाइला टेकी।" पृ. १३२
“हरेक वर्ष ‘योसाल त सहज होला’ भन्ने आशा गर्छन उनीहरू। तर हरेक वर्ष उनीहरूको आशामा तुषारापात हुन्छ। उनीहरुको जीवन वर्षौं नजोतिएको खेत जस्तै जर्जर र झन्झन् दुरुह बन्दै छ। सपना देख्दादेख्दा र सुखको कल्पना गर्दागर्दा सिङ्गै गाउँ बर्षौदेखि अनिँदो भैसकेको छ। कहिले आउलान् सुखका दिनहरू? यो प्रश्न हरेक पल उनीहरूको दिमागमा सलबलाइरहन्छ। तर यही प्रश्नले उनीहरुलाई सबैभन्दा बढी दुःख दिइरहन्छ सताइरहन्छ। मानौँ यो प्रश्न हैन, जहरिलो करेत साँप हो। जो फणा उचालेर उनीहरूको छाती माथि हल्लिँदै बसेकोछ- डस्न तम्तयार भएर।" पृ. १९९
“ ए मेरो प्यारो कृष्ण, मेरो गाग्रीमा ढुङ्गा नहान। मेरो गाग्री फुट्छ। गाग्री फुटे त केही थिएन, मेरो चुनरी भिज्छ। मेरो चुनरी भिजे त केही थिएन, मलाई नन्दले जिस्क्याउँछिन्। नन्दले जिस्क्याए त केही थिएन, मेरा खसम रिसाउँछन्।" पृ. २४०
हो, केही लाइनहरु साँच्चै लोभलाग्दो रूपले सजिएका छन्- मनै छुने किसिमले। तर पनि उपन्यासमा सिलसिलेवर रूपले कथा नबहेको खड्कन्छ। कतिपय ठाउँमा पात्रहरु अकल्पनिय रुपमा लेखकका आवश्यकता अनुसार सिनेमामा झैँ उदाउँछन् अनि त्यसैगरी बिलाउँछन् भने कतिपय ठाउँमा देहाती भाषा सभ्य सुसंस्कृत लेख्य भाषामा परिणत भैदिन्छ।
पृ. ६२ मा उपन्यासकारले पात्र गोबरीलाई स्व-मुत्रपान गराएर रक्सि त छोडाउँछन् तर पृ. ८१ मा उही पात्र गोबरीलाई बिनाकारण रक्सी धोकाउँछन्। सम्पादकको आँखाबाट पनि यो त्रुटी छोपिएको देख्दा मलाई अचम्म लाग्छ। अनि “लू” मा करिम जस्ता नाबालक टुहुरा पनि बिना साहारा हुर्केर गरिखान सक्ने भएको देख्दा छक्क परिन्छ।
           “लू” उपन्यासमा सबैभन्दा बिझाउने पक्ष चाँही पृ. १९६ मा फेला पर्छ। सो पृष्ठमा उपन्यासकारले पात्र बजरङ्गीलाई उसको रिसको झोकमा मित्रराष्ट्रको झण्डालाई कट्टु बनाएर लागाइदिनु भएको छ। विद्वान उपन्यासकारलाई थाहै होला मानिसहरू राष्ट्रियताको मामिलामा कति सम्म सम्वेदनसिल हुन्छन् भन्ने कुरा। हाम्रै देशमा पनि उपन्यासकारले हृतिक रोशन काण्ड हेर्नु भएकै होला। उपन्यासको यो पेज हुबहु अनुवादित भएर भारतीयहरूले पढेमा कस्तो कस्तो प्रतिक्रिया जनाउलान्? हो पात्र रिसाएको छ। हो रिसको झोकमा ब्राम्हणले वेद पढ्दैनन् तर त्यसो भन्दैमा विवेकशील उपन्यासकारले यस्तो लेख्नु नहुने हो


हो, हामी सिमाको मामिलामा मित्रराष्ट्रबाट साह्रै नै पेलिएका छौँ। तर पनि दुई वर्ष भित्रै कुनै पनि देशको सिमा दुई वा चार किलोमिटर एकातर्फी रुपमा केन्द्रलाइ जानकारी नभइ मिचिँदैन भन्ने कुरामा कमसेकम म चाँहि विश्वस्त छु। सिमा र झण्डाको बिषयमा चाँहि कमसेकम उपन्यासकार सम्वेदनशील हुनुपर्ने हो, मेरो विचारमा।
यस्ता झिना मसिना त्रुटीलाई नकेलाउने हो भने उपन्यास गजब राम्रो बनेको छ। एउटा मध्यम हिन्दी सिनेमा हेरेर प्राप्त गर्न सकिने मनोरञ्जन यो उपन्यासबाट प्राप्त गर्न सकिन्छ। खर्च गरिएको रूपैँया तीन सय खेर गएको महसुस हुँदैन।
अन्त्यमा म कुनै समिक्षक होइन। पढ्दै जादाँ एउटा पाठकलाई लागेका कुराहरू व्यक्त भएका मात्र हुन्। यसले लेखकको अर्को कृतिलाई अवश्य नै निखार्न मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु।

अस्तु
 

Thursday, March 8, 2012

एउटा रंगहिन फागु


यो पागलहरु को बस्तिमा अस्ती साँझबाट
जिपिआरयस को नेटवर्क काटेछ
असत्ति सरकारले
आफु भने एक्लै छटपटांउदै घोप्टो परेर ओछ्यानमा
एक्लो हुनुको अनुभुती संगाल्दै
गर्दै बसिरहें
धेरै वर्ष पछि महसुस गर्दै संगहीन फागु
घोप्टो परेर आफैं संग खेल्दै
रंगिन तरंगहरु
राता निला बैजनि पंहेला सुन्तले
गाढा फिका स्वप्निल सबै
रंगहरु संग
निम्ता त रहेछ नि टन्नै तर के गर्नु र
म सम्म नपुगे पछि अनि म
एक्लै मै संग बसेर
मै संग
खेंले रंगिन तरंगका फागुहरु
उंडाउदै रंग अनि भिजाउंदै
बिचारहरु तिम्रा
अनि मेरा भावनाहरु धेरे पछि
भिजाइ रहें सिरानीका
पत्रहरु सम्झनामा
तिम्रै यादहरुमा धेरै पछि हिजो
फेरी अनुभुती गर्दा
तिमीलाइ म
………………………………………

Thursday, February 9, 2012

अनि यसरी घर भत्कन्छ २


    प्रबिधीले फड्को यत्रो फड्को मारेको अहिलेको जमानामा पनि यस्तो छुसि कुराले पिरोलिने हो? श्रिधरले ढाडस देखायो। यस्तो पनि हुन्छ र! भने झै बिपिन वाल्ल परेर सुनि रह्यो। यसै सिलसिलामा यि दुई आत्मिय मित्रले अर्को शनिबार भेट्ने भए ठमेलको हिमालयन जाभामा दिनको ठिक दुइ बजे।
     ठिक समयमा बिपिन जाभा पुग्यो र श्रिधरलाइ पर्खेर बस्यो। पाँचै मिनेट बिलम्ब गरेर श्रिधर पनि आइपुग्यो। एउटा प्याक नगरिएको गिफ्ट प्याक बोकेर। के हो यो? अनि के को उपलक्ष्यमा! बिपिनले जिल्ल पर्दै सोध्यो। र साथमा कफि पनि अर्डर गर्यो। तेरो समस्या सुल्झाउने उपाय। श्रिधरले जवाफ दियो। बिपिनले झोला खोतल्यो। एउटा अत्याधुनिक मोबाइल सेट थियो झोला भित्र। सबै सिस्टमले प्रयुक्त मोबाइल फोन। यसले मेरो समस्या कसरी सुल्झाउला र! वाल्ल पर्दै बिपिनले सोध्यो। तँ हेर्दै त जा। यत्तिकैमा कफि आइपुग्यो। भाउजुलाइ तैंले उपहार दिने कुनै खास दिन तँलाइ याद छ? कि त्यो पनि बिर्सिसकिस टेन्सनले भन्ने श्रिधरको प्रश्न खस्न नपाउंदै बिपिनले पर्सि एनिभर्सरि हो भनेर भन्यो। गुऽऽऽड श्रिधरले भन्यो। अनि श्रिधरले जाभामै उपलब्धद वाइफाइको प्रयोगले केहि सफटवेयरहरु त्यो फोनमा डाउनलोड गर्यो। यसरि त्यो मोबाइल फोन अब प्रयोग गर्नेको जासुस जस्तै बन्यो। त्यसले त्यो मोबाइल पर्यग गरेर गरिएका कुरकानी सबै रेकर्ड गरेर राख्थ्यो त्यो पनि प्रयोग कर्तालाइ थाहा नदिइ कन। जब ति सबै बिशेसता श्रिधरले बिपिनलाइ बतायो बिश्वास नलागेर उसले आफ्नै सिम कार्ड हालेर प्रयोऊ धरि गरेर हेर्यो अनि खुसी भयो। अनि दुबै मिलेर त्यो मोबाइललाइ आकर्सक ढंगले गिफ्टको रुपमा प्याक गरे।
     हेर्दा हेर्दै पर्सिको दिन पनि आयो। हिमाश्री हरेक वर्ष जस्तै त्यो एनिभर्सरीमा उत्साहित देखिइनन्। बिपिनले कतै घुम्न जाने प्रस्ताब राख्यो। तर उनले सन्चो छैन भनेर टारिदिइन। त्यस पछि बिपिन अफिस निस्कियो। साँझमा घर फर्कदा उसको हातमा गिफ्ट प्याक थियो हिमाश्रीको लागी। त्यही अस्ती प्याक गरिएको मोबाइल।
          उपहार पाएर पनि हिमाश्री त्यती उत्साहित देखिइनन् त्यो साँझ। जति अरु बेला उपहार पाँउदा देखिन्थिन। उनले प्याकेट खोलिन अनि उपहार हेरिन मोबाइल थियो। साथमा उनलाइ मन पर्ने गितहरु पनि भरिएका थिए। उनले आफ्नो सिम कार्ड हाल्दै भनिन्। किन यति महँगो। ल्याइदिनु पर्थ्यो र। तिमी पनि त मेरालागी अनमोल हौ नि बिपिनले भन्यो।
एबं रितले एक हप्ता पनि बित्यो। जासुस मोबाइलले हिमाश्रीले गरेका एक हप्ताका कुराकानी पनि रेकर्ड गरि सकेको थियो। आठौ दिन बिपिन अफिसको खाजा समयमा खाजा खाँदै थियो उसको मोबाइल बज्यो। हेर्यो श्रिधरको रहेछ। कल रिसभ गर्यो उसले । श्रिधरले साँझ भेटने प्रस्ताब राख्यो। अनि तेरै कुराको सिलसिलामा भेट्ने हो भन्यो। अनि उ खुसि भयो। उनिहरुले साँझ नाङ्लोमा भेट्ने सल्लाह मिलाए।

Thursday, February 2, 2012

अनि यसरी घर भत्कन्छ १


कसको नंबर हो यो? भन् उसले केरकार पार्ने सैलिमा भन्यो। अनि उ कुटिल तबर ले मुस्कुराइ। भनौ त; उसले भनि। तर एकै क्षणमा उसको चेहराको भंगिमा बदलियो र आंसुका ढिका खसाल्दै चुप बसि। त्यस पछि बरु ढुङ्गो बोल्ला उ बोलिन। रण्डि…. उसले सुस्तरी तर कानमा सिसा पगालेर हाले जस्तै महसुस हुने स्वरमा भन्यो।
     उ अर्थात बिपिन सागर, एउटा निजी कम्पनिको म्यानेजर। राम्रै कमाइ महिनाको तिस हजार जति। भएका दुइ जना बच्चाहरु राम्रै बोर्डङ स्कुलमा पढ्छन्। मोटरसाइल चढ्छ। आफ्नै निजी घर छ। चपलि हाइटमा। बुबा आमा संगै हुनुहुन्छ घरको रेखदेख गर्नलाइ। संयुक्त परिवार सबै खुसी छन्।
     उनि अर्थात हिमाश्री। सुसिल देखिन्छिन। दुई बच्चा हुर्काउँदै कलेज पढ्छिन। योग्य भएर कामउनलाइ होइन; ज्ञान हाँसिल गर्न। श्रिमानको बिसेस अनुरोधमा। कमाइ त घरको आयस्ता अनि लोग्नेको तलबले मनग्ये पुगेकै छ। बिहानको कलेज अनि दिन घरायसी काममा। यसरिनै उनिहरुको जिवन सरस सलिल गतिमा बहि रहेको थियो।
     तर एक दिन बिपिनले उसको जिवनमा आगो लागेको महसुस गर्यो। कारण हिमाश्रीको परिवर्तित ब्यबाहार। उनि उ संग बोल्दा पनि झर्कन थालेकि थिइन। अनि केटाकेटीहरु संगको ब्यबाहार पनि परिवर्तित थियो। बिपिनले कारण पत्तो लगाउन धेरै कोसिस गर्यो तर सकेन। यि सबै कुराहरुले उसलाइ साह्रै पिडा दिन्थ्यो। उसले हिमाश्रीको मोबाइल सेटमा एउटा नम्बर नोट गरेको थियो आजकल। जुन नम्बरमा हिमाश्री घण्टि बजांउथिन अनि उताबाट कलब्याक हुन्थ्यो घण्टौ सम्म। यसरी उ पिडामा बाँचेको थियो। आंखिरमा उसकि अर्धाङ्गिनी को संग यसरी घण्टौ कुरा गर्थिन? उ थाहा पाउन चाहन्थ्यो।
     यत्तिकैमा बिपिनको भेट श्रिधर संग भयो। श्रिधर र उ दश वर्ष सम्म संगै पढेका अनि एउटै थालमा भात खाएर हुर्केका थिए। तर कार्यक्षेत्र फरक भएको कारणले दुई जनाको भेटिने संयोग कमै जुर्थ्यो। श्रिधर आफ्नो आत्मिय मित्रको उदसिले दुखित भयो साथै कारण पत्ता लगाउन उद्धत पनि। सुरुमा त बिपिनले केही पनि भन्न मानेन। घरको कुरा; आप्नो आङ कन्याएर कसरी आफ्नै छारो उंडाउनु। तर कति दिन गुम्सेर बस्न सक्थ्यो र त्यस माथी श्रिधरको त्यती आत्मिय ब्यबाहार। उसले आफ्नो आत्मिय परममित्रलाइ अर्धाङ्गिनीको बारेमा सबै कुरा भन्यो साथै नम्बर पत्ता लगाउने उपाय पनि सोध्यो। साथिको जानकारीमा छ कि भन्ने झिनो आसामा।
स्थान अभाबले बाँकी अर्को भागमा

Wednesday, September 28, 2011

दशै


अनायासै मन दुखाएर आयौ
आफ्नै आगमन लुकाएर आयौ
चाहान्थे तिमी घाम भएको
तर कुहिरो र झरि भएर आयौ।

तिमी पश्चिमको घाम भएर आयौ
साहुजीको दाम भएर आयौ
तिमी लाइ त के भनु र खै
दिनको १८ घण्टा काम भएर आयौ।।

Thursday, August 18, 2011

याद

मन भरि याद तिम्रो मुटु भरि माँया।
रातै भरि सपनीमा देख्छु तिम्रै छाँया॥
तिम्रो माँया कति कति के था मेरो माँया।
नदेखे नि कत्ति साह्रो लाग्छ तिम्रो माँया॥
काख तिम्रो तकिया त मनमा सितल छायाँ।
नदेखे नि किन होला लाग्नु पर्ने माँया॥
बोलिराख आज तिमी सुन्छु मेरी माँया।
देखे तिस्बिर प्रस्ट हुन्थ्यो नदेख्दा मा माँया॥

मन को ब्यथा

जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा

अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा।

गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि

साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥

 

स्वपहिचान बनाउने संघर्समा होमिए पछि

बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि।

अभिसप्त छन् है तिनी रेटिनु नै जिन्दगी हो

बनेर धर्तीको धुलो मेटिनु नै जिन्दगी हो॥

 

शरिर दुख्दा त्यति हुन्न मन दुख्दा अति पिडा

संहालेर राख्नेले नै आधाबाटो छोडिदिंदा।

बाँच्न गाह्रो हुने भयो नबुझ्ने भेटिए पछि

रुन गाह्रो हुने भयो किलकिले रेटिए पछि॥

 

खुकुरी लाइ के थाहा र चोट अचानोको कती

काट्नु नै धर्म हो उसको हान्छ मार सकेजती।

कठिन् भो जिवन जित्न हारेर तिनी भाग्दथिन्

बिछिप्तै हुने डर ले मर्नलाइ बिष माग्दथिन्॥


कुमार फुँयाल