Showing posts with label ब्लग. Show all posts
Showing posts with label ब्लग. Show all posts

Wednesday, May 9, 2012

ब्लग, नेपालि ब्लगर र आचारसँहिताको ढोँग

ब्लग भनेको ब्लगरको ब्यक्तिगत सम्पति हो जुन वेबसाईटको रुपमा इन्टरनेटमा रहेको हुन्छ र त्यहाँ त्यो व्यक्तिले आफ्नो र आफ्ना पाठकहरुको बिचारलाई राख्ने गर्दछ। त्यो ब्लगमा ब्लगरको नितान्त ब्यक्तिगत कुरा, बिचारदेखि लिएर अरु आफुलाई राम्रो नराम्रो लागेका कुराहरुको आवश्यकता अनुसार लिङ्क सहित राख्ने गरिन्छ। तर समय परिवर्तनशिल छ, र समयमा भएका परिवर्तनलाई आत्मसात गर्दै ब्लगरले आफ्ना बिचार परिवर्तनका साथ साथै परिमार्जन गर्न सक्छ, त्यहि अनुसार ब्लगमा बिचार तथा सामाग्रिहरु प्रवाहित हुन्छ। यो परिभाषाले समस्त ब्लगरलाई समेट्न सक्छ भन्ने मैले बुझेको छु, र यो परिभाषामा बिचारभन्ने शब्दले ब्लगरका काल्पनिक रचना, कथा कविता सत्य घटना आदि इत्यादिलाई समटेको छ। मैले बुझेको ब्लग र ब्लगरको परिभाषा यहि हो र यदि कसैले यो परिभाषामा परिवर्तन महसुस गरे स्वागत छ।

ब्लगिङ् भनेको एउटा धारा प्रवाहरुपले बग्ने नदि हो, कहिले धर्तिको गर्भ रहेर बग्छ भने कहिले जमिन माथि निर्धक्क बग्दछ। नदिको सुन्दरता भनेको नै बिना रोकतोक आफ्नै गतिमा आफ्नै सुरमा कहिले आवाज निकाल्दै, कहिले गर्जिदै त कहिले सुसाउदै अनि कहिले शान्त रहेर बग्ने नदिको स्वभाब हुन्छ। तर मानव रुपि सँसारमा आफ्नो क्षणिक स्वार्थलाई पुरा गर्न, आफ्नो अनुकुल पानिको बहाव गराउन नदिलाई थुन छेक गर्ने काम हुदै आएको छ र हुने नै छ भविष्यमा पनि र यो तत्काल फाइदाजनक भए पनि कालान्तरमा गएर यो कामले विनाश निम्त्याउने कुरामा सायद कसैको दुइ मत होला। ब्लगको सुन्दरता भनेको नै मन लागेको ब्लगरको लेख पढ्नु र मन नलागेको ब्लगरको पेजमा छिर्दै नछिर्नु हो, यहि सुन्दरताले गर्दा नै ब्लग स्थापनाकाल देखि स्वतन्त्र रहि आएको छ। जुन ब्लगले आफ्नो स्वतन्त्रतालाई आत्मसात गर्दै आफ्ना विचार पोखिरहेका छन, ति अझैपनि छन, र जो मान्छेले ब्लगरको नाममा ब्लगलाई ब्लगको रुपमा नलिई अरु हिसावले प्रयोग गरे तिनका कति ब्लग लोप भए भने कति लोप हुने सँघारमा छन्।


विना कुनै रोकतोक जुन हिसावले दिमागले नयाँ कुरा सिर्जना गर्न सक्छ, नयाँ नयाँ विचार बिकाश गर्न सक्छ, कुनै कर्तब्यमा बाँधिएर वा आचारसँहितामा रहेर त्यसले त्यो गर्ने कल्पना गर्न सकिदैन। पुराना बैज्ञानिकहरुले धर्मगुरुहरुलाई चुनौति दिदै गरेका अविस्कार र विचारहरु अहिले आएर सत्य सावित भएका छन, त्यो बेला ति ब्यक्तिहरुले धर्मगुरुका लक्षमण रेखा भित्र रहेका भए अहिले सँसार यो स्थानमा कदापि हुन्थेन। आज मैले यो ब्लगको बारेमा लेख्नुमा ब्लगर नामधारि पत्रकारहरुले नेपालि ब्लगर आचारसँहिता बनाएर ब्लगलाई आफ्नो अनुकुल प्रयोग गर्न खोज्ने गतिविधि कारक तत्व हो। त्यो समुह जस्ले ब्लगर आचारसँहिता बनाएर प्रचार गरे त्यो समुहलाई म ब्लगर भन्दा पनि अनलाईन पत्रकारिता गर्ने पत्रकार भन्न रुचाँउछु। र यसलाई तिनिहरुले जे नाम दिए पनि अनलाईन पत्रकारिताको रोडम्याप कोरे भन्न चाहन्छु। यो आचारसँहिताको कुरा आउनुमा उमेश श्रेष्ठ जो
माईसँसार नामक ब्लग(न्युज साईट) चलाउछन तिनका गतिविधि कारक छन्। उनको ब्लगको ब्यानरमा यो ब्लग हो समाचार होईन भन्छन तर ब्यानर छोडेर ब्लगका शिर्षक पढ्ने बित्तिकै पत्रिकाको झल्को आँउछ। बास्तवमा त्यहाँ उनको बिचार भन्दा पनि पत्रकारिता पढ्न पाईन्छ त्यति हुँदा पनि उहाँ आफुलाई ब्लगर भन्न रुचाउनु हुन्छ साथ साथै पत्रकार कुटिएको बिरोधमा पत्रकार संघले गरेको बिरोध कार्यक्रममा कालो पट्टि हातमा बाधेर फोटो सेसन गरेको भेटिनु हुन्छ।

आफ्नो स्वार्थ पुरा गर्न आफ्नो अनुकुल ब्लगको परिभाषा कोर्ने, आचारसँहिता बनाउने, हस्ताक्षर गर्ने र गराउने काम भनेको आफुलाई एउटा आवरणमा लुकाउन खोज्नु हो। जो ब्यक्ति कुनै आवरणमा लुकेर आफुलाई स्वतन्त्र बलगर हो भनेर भन्छ भने त्यसमा म दिल खोलेर हास्न बाहेक अरु के नै गर्न सक्छु र? काम पत्रकारको गर्ने तर आफुलाई पत्रकार महासंघको आचारसँहितामा बाध्न नचाहने अनि आफ्नै हिसावले ब्लगर आचारसँहिता बनाउने अनि आसेपासेलाई हस्ताक्षर बनाउने अनि भन्ने हामिले ऐतिहासिक काम गर्यौँ भनेर। त्यो समुह जस्ले यो बनायो त्यसले हामि पत्रकार भन्दा उच्चकोटिका हौँ, हामि यति ठुला छौँ कि हामि हाम्रो लागि आफ्नै कानुन बनाउछौँ र त्यो मात्र मान्छौँ भन्दै अट्टहास गरि रहेका छन।

म आचारसँहिता बनाउने, सहमति जनाउनेहरुको स्वतन्त्रतालाई सम्मान गर्छु तर जुन किसिमले तिनिहरुले यो घटनालाई अतिरञ्जित गरेर प्रचार गरियो त्यसमा बिरोध गर्छु। त्यसको बारेमा लेखिएका समाचार(ब्लगपोष्ट भन्न मन लागेन)को प्रकृति आचारसँहिताको महत्व दर्शाउने भन्दा पनि समस्त ब्लगर जनहरुलाई थर्काउने आशय लुकेको छ। हामिले बनाएको आचारसँहिता सार्वजनिक गर्ने कार्यक्रममा, यस्ता यस्ता, यो यो नाम गरेका, यति ठुला ठाँउमा काम गरेका, ब्यक्ति आएका छन अव तिमिहरुले हाम्रो तागत देख्यौँ होईन? चुपचाप त्यसमा लेप्चे हान नत्र तिमिहरुको हाल के हुन्छ भन्ने किसिमको छ। भन्ने बेलामा ब्लगर आचारसँहिता भने पनि त्यसमा लेखिएका बुदाँहरु ब्लगिङ्को सर्वमान्य परिभाषालाई ठाडै नकार्ने किसिमको छ। त्यसका कतिपय बुदाँहरु पढ्दा सामान्य देखिए पनि कहालि लाग्दो परिभाषा बोकेका छन। ति बुदाँहरुलाई ध्यानमा राखेर ब्लगिङ् गर्ने हो भने लेख्ने बेला हात काँप्छ, रचाना प्रफुस्टित हुने दिमागले काम गर्न छोड्छ। बिचार प्रवाहनको स्वतन्त्रतालाई आएको यो आचारसँहिताले  ब्लगरका बिचारहरुलाई गर्भमा तुहाउने देखिन्छ।  त्यसका सबै बुदाँहरुलाई ब्याख्या गरेको छैन तर केहि बुदाँहरुलाई ब्याख्या गरेको छु।

यि बुदाँहरु
हाम्रो ब्लगबाट लिएर राखेको हुँ, अर्को रङ्ग प्रयोग गरेको मेरो विचार हो।
ब्लगरका रुपमा, म यि तथ्यमा इमान्दार हुनेछु,
१.ब्लगमा म जे लेख्नेछु त्यसमा इमान्दार र निष्पक्ष हुनेछु
>>>>कथा लेख्दा नायकले खलनायकलाई छलकपट नगरि ईमान्दार भएर खत्तम गर्ने हो? कविता कसरि निष्पक्ष भएर लेख्ने, गजलकार ले गजल लेख्दा भावनालाई कसरि रोक्ने?

२.ब्लगमा सत्थ तथ्य सामाग्रि मात्र राख्नेमा म सचेत छु
>>>>ब्लग पत्रिका हो र ? जस्तो बिचार आउछ त्यस्तै राखिन्छ होईन र?
३.ब्लगमा राखिएका सामाग्रिको स्रोत प्रष्ट उल्लेख गर्नेछु।
>>>>कविता कथा र गजलको स्रोत मेरो खप्पर हो भनेर उल्लेख गर्ने?

४. कुनै तथ्य पुष्टी नभएको भए सो बारे प्रष्ट उल्लेख गर्नेछु
>>>>दारुको नशामा लेखेको हो, चिया पिउदै लेखेको हो भन्ने?

५.व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।
>>>>व्यक्तिगत स्वार्थको परिभाषा के हो महाशय हरु?

६.ब्लग सामाग्रि प्रयोजीत हो भने सोबारे प्रष्ट उल्लेख गर्नेछु।
>>>>ब्लगको कुरा हुदै छ कि ब्यापारको ?

७.विज्ञापनका सामाग्रि ब्लगपोष्टको रुपमा राख्नेछैन, राखिएमा सो सामाग्रि विज्ञापन हो भन्ने उल्लेख गर्नुछु।
>>>>विज्ञापन राख्ने पनि ब्लगको बर्गमा पर्छन? त्यो त ब्यापार भएन र?

८.पोष्ट भईसकेको सामाग्रिमा कुनै गल्ती भएका जानकारी पाए लगत्तै सकेसम्म चांडो सच्याउनेछु। सच्याउंदा सो अंश पूर्ण रुपमा हटाउनेछैन। हटाउनुपरे, कारण उल्लेख गर्नेछु।
>>>>रामवाण हो? बन्दुकबाट निस्केको गोलि हो र? परिवर्तनशिल समयसँगै जे पनि गर्न सकिन्छ होईन र?

९.सबै प्रकृतीका प्रतिकृयालाई समेट्ने छु। यदी प्रतिकृया सम्पादनको व्यवस्था गरिएको छ भने सो बारे जानकारी दिनेछु।
>>>>ब्लगरले प्रतिकृया सम्पादन गर्दैन, त्यसलाई आफ्नो बिचारले खण्डन गर्छ महासयहरु।

१०.मानवियतालाई प्राथमिकता दिएर,पिडितलाई थप प्रताडित गर्ने सामाग्रि,दृष्य राख्ने छैन
>>>>पिडक र पिडित ब्लगरको मगजले निर्धारण गर्छ हो? पिडालाई कसरि व्याख्या गर्नु भएको विद्धानहरुले?

११.वाक तथा अभिब्यक्ति स्वतन्त्रतालाई सधै सम्मान गर्नेछु।
>>>>९ नम्वरको बुँदा सँग बाझिएन र यो बुदाँ हाकिम साप हरु?


ब्लगरको रुपमा जानजान म गर्नेछैन,

१.पोष्ट गरिसकेको सामाग्रि पूर्ण रुपमा हटाउने वा पूर्ण रुपमा सम्पादन गर्नेछैन।
>>>>रामवाण हो? बन्दुकबाट निस्केको गोलि हो र? परिवर्तनशिल समयसँगै जे पनि गर्न सकिन्छ होईन र?

२.ब्यक्ति वा संस्थालाई धम्क्याउन ब्लगको प्रयोग गर्नेछैन।
>>>>हामि अझै पनि ब्लगरको कुरा त गर्दै छौँ नि है?

३.राष्ट्रियता,राष्ट्रिय शुरक्षा,धार्मिक सहिष्णुता र सामाजीक मर्यादालार्य खलल पुग्ने सामाग्रि राख्नेछैन
>>>>यसको परिभाषाले कलम बन्द गराउछ लेख्ने के? हजुरहरुको मर्जि अनुसार लेख्ने हो भने विचार अभिव्यक्तिको स्वतन्त्रता खोई?

४.यौनजन्य सामाग्रि,बैरभाव बढाउने अभिब्यक्ति र हिंशात्मक सामाग्रिले स्थान पाउनेछैनन
>>>>नेपाल सरकार हो र? यौनको अस्तित्बलाई नस्विकार्ने कस्ता विद्धान रै'छन, यौन महादेब हुन यत्र तत्र सर्बत्र छन।

५.कुनैपनि ब्यक्तिको गोप्य र निजात्मक समाग्रि राख्ने छैन
>>>>कस्तो ब्यक्ति हो? केलाई निजि भन्ने? केलाई गोप्य भन्ने? विकिलिक्सले गरेको कार्यलाई के भन्नुहुन्छ हजुरहरुले?

६.जानजान भाईरस तथा स्पाम र मालवेयर फैलाउने गैर कानुनी काममा संलग्न हुने छैन।
>>>>एन्टिभाईरस त्यसको लागि बनेको हो जानकारि होस्।

७.स्रोत नखुलाई कसैको पनी सामाग्रि निजि बनाएर पोष्ट गर्ने छैन।
>>>>
हामि अझै पनि ब्लगरको कुरा त गर्दै छौँ नि है?
८.स्रोतब्यक्तिको अनुमतीविना उसको परिचय सार्वजनिक गर्नेछैन।
>>>>
हामि अझै पनि ब्लगरको कुरा त गर्दै छौँ नि है?

र अन्त्यमा यो वा त्यो नाम राखि विचार अभिव्यक्तिको स्वतन्त्रतामाथि गरिने कुनै पनि प्रहारको म विरोध गर्दछु र साथमा यो आचारसँहितालाई माझि उम्लाले सलाम गर्छु। माथि उल्लेखित बुदाँहरु कदापि ब्लगर आचारसँहिता हुन सक्दैन तर अनलाईन पत्रकारिताको आचारसँहिता चाँहि अवश्य हुन सक्छ।
यो ब्लगपोष्ट फरक कोण ब्लगबाट साभार गरिएको हो