Showing posts with label शासन. Show all posts
Showing posts with label शासन. Show all posts

Friday, September 7, 2012

हाम्रो नयां नेपाल


बिक्रम ६१/६२ को जनआन्दोलन चरम शिखरमा पुग्यो देशैभरी बिरोध र आम हड्ताल मच्चियो। राजतन्त्र मुर्दाबाद, लोकतन्त्र जिन्दाबाद, ज्ञाने चोर देश छोड यस्तै यस्तै नारा का साथ नेपाली जनताले सडक तताइरहे। अन्तत राजतन्त्र हट्यो पनि लोकतन्त्र स्थापना भयो पनि। नेपाली जनता खुसीले गदगद भए। अब नयां नेपाल बन्ने नै भयो भन्ने उमंग बोकेर सबै आ-आफना गाँउघरतिर फर्किए। संबिधानसभाको चुनाव भयो ६०१ किरा फट्यांग्राहरु संबिधानसभामा छिरे। अनि यस्तो किसिमको नयां नेपाल बनाए। सुन्नहोस है त----
आहा मेरो नयां नेपाल
आहा क्या राम्रो नयां नेपाल।
कुकृतिले छाएको नयां नेपाल
बिकृतिले भरिएको नयां नेपाल
बिरोध र आन्दोलनमा ब्यस्त नयां नेपाल
बन्द र हड्तालमा श्रेष्ठ नयां नेपाल।।
आहा मेरो नयां नेपाल
आहा क्या सुन्दर नयां नेपाल।
आफ्नै सन्तानबाट बलत्कृत भएकी नयां नेपाल
आफ्नै सन्तानको रगतले स्नान गरेकि नयां नेपाल
नयां सृजना भनेको ठोकाठोकी भएको नयां नेपाल
सत्ता र कुर्सिको लुछाचुँडी भएको नया नेपाल।।
आहा मेरो नयां नेपाल
आहा क्या सुन्दर नयां नेपाल।
गाडी जलाउन पनि हुने नयां नेपाल
गोली चलाउन पनि हुने नयां नेपाल
खुकुरीले काटाकाट गर्ने नयां नेपाल
ढुङ्गाले हानाहान गर्ने नयां नेपाल
डण्डहिनताले बेरिएको नयां नेपाल
फटाहा र सोसकले घेरिएको नयां नेपाल।।
सांच्चै क्या सुन्दर नयां नेपाल
सांच्चै क्या बिशाल नयां नेपाल।
सत्ता पक्ष जे बोले पनि हुने नयां नेपाल
बिपक्षले जे पोले पनि हुने नयां नेपाल
पत्रकार को घांटी रेटे पनि हुने नयां नेपाल
बोल्ने को मुख च्याते पनि हुने नयां नेपाल
लुटपाट र चोरी डकैती बढेको नयां नेपाल
शासन ब्यवस्था सडेको नयां नेपाल।।
आहा क्या राम्रो लोकतान्त्रिक ब्यवस्था
आहा क्या राम्रो नयां नेपालको अवस्था।
नेताहरु बौलाएको नयां नेपाल
अपहरण र बलात्कार मौलाएको नयां नेपाल
कानुन ओइलिएको नयां नेपाल
अपराध फैलिएको नयां नेपाल
धर्म र कर्म हराएको नयां नेपाल
के यहि हो त जनताले मन पराएको नयां नेपाल??
आहा क्या सुन्दर नयां नेपाल
आहा क्या बिशाल नयां नेपाल।
पाप हत्या र आतंक बढेको नयां नेपाल
बिदेशि ले आंखा गाडेको नयां नेपाल
बिकश को संरचना तोड्ने नयां नेपाल
निहत्थाको टाउको फोर्ने नयां नेपाल
दोषीलाइ मुक्त गरि निर्दोषिलाइ सजायं हुने नया नेपाल
निमुखालाइ दमन गरि सोसकले रजांइ गर्ने नयां नेपाल।।
आहा म नेपाली भएकोमा गर्व गरुं या खिन्नता
आहा के देख्नु पर्‌यो यो देशमा जात जातीको भिन्नता।।।।
ईती
kansiramk@yahoo.com  बाट इमेलमा प्राप्त