कुरो आज भन्दा तिन वर्ष जति पहिलाको
हो। म त्यती बेला आमा संगै रसुवाको गोसांइकुण्ड भ्रमणमा थिंए। मेरी आमा फेरी शुद्ध
शाकाहरी माछा मासुको त कुरै छाडौ चिया सुध्द नचल्ने। दुध चाँही सहर्स
पिउनुहुन्थ्यो। आफु चाही बाहिर चिया घरमा दुध। दुध किनेर त कहिल्यै खाइएन।
यसै सिलसिलामा हामी गोसांइकुण्ड
प्रश्थानका क्रममा थियौ। चन्दनबारी पुगे पछि आमालाइ पेयको तलतल लाग्यो। यसै क्रममा
हामीले एउटा चिया पसल फेला पार्यौ। अनि मैले चिया एक गिलांस दुध एक गिलांस ल्याउन
अह्राए। खाइसके पछि पैसा तिर्नलाइ हिसाब सोधें। पैंतिस रुपिया पो भन्छ। मैले कसरी
भनेको त चियाको पन्ध्र दुधको बिस रे।
त्यस पछिको अचम्म पर्ने पालो चाँही
मेरो थियो। केही नमिसाइ कन कम उर्जामै तात्ने दुधको चाँही बिस; दुध, चिनी र चियापत्ती मिसाउन
पर्ने पकाउन पनि बेसि उर्जा चाहिने चियाको चाँही पन्ध्र। कसरी होला??
मेरो यो जिज्ञासा आज सम्म कसैले
शान्त पार्न सकेको छैन। यसबारे हजुरहरुलाइ केहि आइडिया छ कि??
बघिनीको दुध थ्यो होला दाइ त्यो :पी
ReplyDeleteएक कप दुधले १० कप चिया बन्छ नि ... रु १५० कमाइ गर्नसक्ने दुध २० रुप्पेमा, सस्तोमा पो बेचेछन ! लौ, चिनी र चियापत्ती को ५० नै परे पनि (१००-२० = ८०) ८० रुपयाँ त घाटै लाग्यो नि बिचरा साउजीलाइ !
ReplyDelete