Wednesday, July 29, 2015

केही हाइकु

जलन हुन्छ
देख्दा तिम्रो प्रगती
हामी नेपाली

तिते करेलो
भुटेर खाँदा पनि
मिठै हुन्छ त

पिँडालु खाँदा
कोक्याउँछ घाँटीमा
नखानु अब

नरिसाउ है
कहिले नै म सँग
म माया गर्छु


बिश्वास लाग्छ
र पो अनि मलाई
म माया गर्छु

यै छ पिरलो
तिमी ढाडे बिरालो
धुरी भिरालो

कात्रोको खल्ती
सम्पन्न भ्रष्टाचार
सुखी जीवन

हुन्छ है नि त
तिमीसँगको माया
नछोडौँला म

दिल कि रानी
नजरको वाणले
नहान न है

जिरो फिगर
भो रहर नगर
भुत झैँ हुन्छ्यौ

आश नगर
सपनाको महल
तिमी पियारी

मन दुख्छ
कहिलेकाँही यसै
तिमी सम्झिँदा

आइ एउटी
फ्याट्ट रिट्विट गर्न
के सोचेर त


एउटी आइ
फ्याट्ट फेभ ठोकी र
बेपत्ता भै त

मन दुख्न त
कुनै ठुलो कारण
चाहिन्न रे नि