यो पटक तपांइहरुलाइ आइफोन 3GS लेटेस्ट फ्रमवायर अनलक गर्ने तरिका बताउन पाउदा खुसि लागेको
छ। यसका लागी चाहिने सामाग्रीहरु
१.
लेटेस्ट आइट्युन्स डउनलोड
गर्नुहोस
सबै भन्दा पहिला आइफोनलाइ 5.1 मा रिइस्टोर गर्नुहोस। त्यसकालागी फोनलाइ अफ गर्नुहोस। त्यस
पछि होम बटन थिचिरहेर usb केबललाइ फोन संग जोडनुहोस।
डिस्प्लेमा आइट्युन्स कनेक्ट साइन देखिन्छ। होम बटन छोडिदिनुहोस। कम्प्युटरमा
आइट्युन्स प्रोग्राम चालु गर्नुहोस। आइट्युन्सले तपांइको फोन रिकबरि मोडमा छ।
रिइस्टोर गर्नुहोस भनेर देखांउछ। कि-बोर्डमा शिफट बटन थिचेर
रिस्टोरमा क्लिक गर्नुहोस। फाइल लोकेसन माग्छ। फाइल लोकेसन दिनुहोस। अब
आइट्युन्समा फोन रिस्टोर हुँदै गरेको देखाउंछ। केही समय कुर्नुहोस। अब हजरको आइफोन
5.1 मा रिइस्टोर भयो। फोनलाइ अब वाइफाइ
कनेक्ट गरेर एक्टिभ गर्नुहोस।
अब फोनलाइ जेलब्रेक गर्नुपर्ने हुन्छ। त्यसका लागी रेडस्नो
0.9.10b6 डाउनलोड गर्नुहोस। रेडस्नो
लाइ अनजिप गर्नुहोस। अब रेडस्नो रन गर्नुहोस।
जेलब्रेक मा क्लिक गर्नहोस। नेक्स्ट
गर्नुहोस। आइफोनलाइ अफ गरेर usb केबल जोडनुहोस। फोनलाइ
प्रोग्रामले भनेबमोजिम DFO मोडमा लैजानुहोस। अब इन्सटल साइडिया र इन्सटल आप्याड बेसब्यण्डमा चेक
गरेर नेक्स्ट गर्नुहोस। केहि समय पछि फोन नर्मल मोडमा अन हुन्छ। त्यसमा साइडिया
भन्ने प्रोग्राम थपिएको हुन्छ। अब फोनलाइ अनलक गर्नु पर्ने हुन्छ।
अनलक गर्नको लागी मोबाइलमा साइडिया रन गर्नुहोस। यस्तो
देख्नुहुन्छ।
अब म्यानेजमा मा क्लिक गर्नुहोस। अनि सोर्स छान्नुहोस। अब फोनको बांया पट्टि माथिल्लो कुनोमा इडिडिट भन्ने अप्सन हुन्छ। त्यसमा क्लिक गर्नुहोस। अब एडमा क्लिक गरेर तलको सोर्स एड गर्नुहोस।
सोर्स एड गरिसके पछि अल्ट्रा स्नो फिक्सर फर 5.1 सर्च गरेर इन्सटल गर्नुहोस।
अब अल्ट्रा स्नो इन्सटल गर्नुहोस।
अल्ट्रा स्नो इन्सटल भैसके पछि फोन रिस्टार्ट हुन्छ।
सिम कार्ड राख्नुहोस। फोनले तपांइको लोकल नेटवर्क देखाउछ।
यसरी आइफोन 3GS लाइ एप्पलको नयाँ अपरेटङ
सिस्टम आइ ओयस 5.1 मा अपग्रेड गरेर अनलक गर्न सकिन्छ।
अत्याधिक जानकारिका लागी kumarphuyal@gmail.com मा मेल गर्नुहोला
यो लेख http://www.ijailbreak.com http://www.spiritjb.org http://everythingapplepro.net लगायत साइटहरु को सहयोगमा
तयार पारिएको हो
आफ्नो त छैन, हुनेहरूका लागि भने काइदाको काम गरे है यिन्ले । गुड वर्क, किपिटप है पागलदाजु :)
ReplyDeleteकाम गर्यो हजुर! तपाइँलाइ धेरेई धेरेई धन्यबाद!!
ReplyDeleteमेरो ब्लग www.bijayg.com.np हेरिदिनु होला!
तर अफ गरेर अन गर्दा त APPLE को लोगोमा गएर अड्क्यो नि त हजुर!!
ReplyDeleteरेडस्नो को एक्स्ट्रा मा गएर जस्ट बुट गर्नुहोला
Deleteके अब प्रत्येक पल्ट रिस्टार्ट गर्दा रेड्स्नो नै चाइन्छ? ल्यापटप नभाको ठाउँमा फोन अफ भयो भनेत जुलुम हुन्छ त?
Deleteअनथ्रेटेड जेलब्रेक आएपछि जानकारी गराउने छु। प्राय आइफोन अफहुँदैन
Deleteएसेा IPHONE 4G Unlock गर्न पनी सिकाइपाए हुनेथ्येा ।
ReplyDelete