Sunday, September 14, 2014

"सत्रौ हाइकिङ – गुर्जे भञ्ज्याङ To ककनी" ककनी को भात ककनी मै खाइयो


२०६९ माघको अन्तिम शनिबार देखी @kakabaa ले एउटा हुट्हुटी चलाइ दिनुभएको छ। हरेक महिनाको अन्तिम शनिबार फुर्सद मिल्ने साथीहरू जम्मा भएर हाइकिङ जाने। यहि सिलसिलामा भाद्र महिनाको अन्तिम शनिबार काकाको अनुपस्थितीमा हाइकिङ गइयो। काकालाई असाध्यै याद गरियो

      यो पटकको रुट म आफैंले खोजेको थिएं। गुर्जे भञ्ज्याङ हुँदै ककनि सम्म जाने। बिहिबार बिहानै रुट डिटेल सहित ट्विट गरें। धेरै साथिहरू उत्साहित हुनुहुन्थ्यो। समय अनुसार बिहान ६:३० देखी ७:०० बजे सम्म उपस्थिती जनाउन भनेको थिएं। सोहि अनुसार बिहान @mphuyal67 लाई साथ लिएर पुगें बालाजु माछा पोखरी। भदौरे झरी झरझर झरीरहेको थियो। साथिहरू ६:५० सम्मै कोही आइपुग्नु भएको थिएन। बिबादका बिच गरिएको हाइकिङ भएको हुनाले कोही नआउने भए कि क्याहो झैं भयो एक मनमा। @oops_u लाई फोन गरें लागातार ४ पटक सम्म कुनै रेस्पोन्स आएन। @ruku_pokhrel1 लाई फोन गरें सम्पर्क हुन सकेन भनिन मोबाइ कि नानीले। अनि @shikaruketo लाई फोन गरें। ठुलो भर्‍याङ आइपुगें दाई भन्नुभयो। अली आंट आयो। @indradhoj फोन गरें नजाने दाई झरी पर्दैछ भन्नुभयो। मैले अती नै कर गरे पछी बाइक लिएर आउंछु। पार्किङ जिम्मा तपाईंको भन्नुभयो। मैले हस भने। अब भने आंट आयो ४ जना भए पछी हिड्न सकिन्छ :D
      बिस्तारै सबै साथीहरू जम्मा हुन थाल्नु भयो। ७:०० को बसमा प्रस्थान गर्ने कुरा त कथा भइसकेको थियो। अब पालो थियो ७:४० को बसको, इन्द्र सर आइसक्नु भएको थिएन। ८ बज्नै लागेको थियो। बसवालालाई कुराउंदै थिएं म; उ भने झर्कंदै थियो। ८ बजे इन्द्र सर आइपुग्ने बितिकै उहाँलाई खाजै नदिइ प्रस्थान गरियो। बसमा ठाउं नभएको ले केही साथीहरू पछिल्लो बसमा आउने भनेर बस्नुभयो। टोखा तर्फको बाटो भासिएकोले बस लाग्यो फुटुङ, साङला, झोर, बौंडु हुँदै गुर्जे भञ्ज्याङ तर्फ। बाटो को त के बयान गरौ र @buddhisagar  पहोर लेखेको संस्मरण सम्झिए घोडा झै उफ्रने जिप@baabajee लाई भने उहाँले पनि सम्झनु भएको रहेछ। बस कम गुड्थ्यो फुत्रुक्क फुत्रुक्क बेसी उफ्रन्थ्यो :P। 

      शिबपुरी चेकपोष्टमा झरेर पदयात्रा को लागी टिकट लिएर हामी लाग्यौ उकालो गुर्जे भञ्ज्याङ तिर। बसको उफ्र्याइले माछ पोखरीमा खाएको नास्ताको नामो निसान बाँकी थिएन। खाना खाने ठाउं १३ किलोमिटर पर ककनीमा थियो। अझ खाना अडर्ड नै गरिएको थिएन :D। गुर्जे भञ्ज्याङ पुगियो। अब बाँही साथीहरूलाई कुर्नु थियो। फोटो खिच्दै र परिचयात्मक कार्यक्रम गर्दै बाँकी साथीहरूलाई पर्खने निधो गरियो। परिचयात्मक कार्यक्रम सक्दा नसक्दै बाँकी साथीहरू आइपुग्नुभयो। सबैको परिचय सकेर हिडियो ककनि तर्फ। जम्मा २९ जना भैएछ यो पटक। इन्द्र सरले २९ जनालाई ककनी को भात ककनी मै खाने गरेर होटल माउण्टेन भ्यु मा अडर्ड गर्नभयो :D। साथीहरू आ-आफ्नो समुहमा गफ गर्दै गित गाउंदै नाच्दै हुनुहुन्थ्यो।

      भैरबनाथ गणको अल्ले स्थित तालिम केन्द्र पुगियो। स्मृतीहरू ताजा भए ४९ जना बेपत्ता साथीहरू अनायासै मन भरी भए। आंखा रसाएछन। भोकले साथिहरू गलिसकेका थिए। इन्द्र सरले कुरा गरेर त्यही को क्यान्टिमा भएको चाउचाउ, बिस्कुट र फ्रुटी खाने ब्यवस्था मिलाउनु भएछ। भोको सरिरमा त्यसले केही भए पनि त्राण भर्‍यो। निर्जन जंगलको बिचमा खाजाको ब्यवस्था मिलाई दिने फौजी भाइहरूलाई धन्यबाद दिएर अल्लेलाई पछी छोड्दै हामी बाटो लाग्यौ।

      अब सुरु भयो जुका आतंक। एकै क्षण उभिंदा वा हिंड्दा हिंड्दै पनि दशौ जुकाहरू गोडा बाट माथी तिर उंभो लागिहाल्थे। सबै जसोले आ-आफ्नो केही रगत तिनीहरूका लागी कन्ट्रिब्युसन गरे। ति जुकाहरू ले पनि दर्ता बेदर्ता कर तिरे नतिरेको केही नसोधी खुसीले बेहिसाब चुसिदिए :D :P। तारेस्वर पुगियो आस्था हुनेहरूले घण्ट बजाए दर्शन गरे; नहुनेहरू ले तस्बिर खिचाए। तारेस्वरलाई पनि बाटैमा छाडेर लाग्यो हामी ककनी तर्फ।

      अब पालो आयो ठुलो खोला को रहेको झरनाको अधिकांसले त्यस ठाउंमा तस्बिर खिचाइयो। केही क्षण अलमलिएर लाग्यौ ककनी तर्फ। बाटो अझै एक चौथाइ बाँकी थियो भने भोकले पनि गाल्दै थियो। साथीहरू बिचको रमाइलो भने ले भोक बिर्साउंदै पनि थियो। जुकालाई गरेको रगतको कन्ट्रिब्युसन को त कुरै भएन :D। बाक्लो भुँइ कुहिरो ले सरिरलाई गरेको स्पर्स रोमाञ्चक थियो। बडो आनन्ददायी क्षण।


तिन बजे ककनी पुग्दा लोत परिएको थियो भोक र थकाइ दुबैले। होटल माउण्टेन भ्यु मा हाम्रो लागी खाना तयार भैसकोको थियो। पुगेर आक्रमाण गरियो खाना माथी। एक त भोक उसै माथी स्वदिष्ट खाना सबै जसोले खायौ थपी थपी। ४ बजे काठमाडौ का लागी बस चढ्न लागियो काउले तर्फ होटलका सबै स्टाफलाई धन्यबाद दिएर।

      ५ बजे सुरु भयो बस यात्रा बालाजुका लागी १३ थान ट्विटे छतमा बसे भने बाँकी भित्र। अब सुरु भयो सामुहिक गायन। तिनपिप्ले आइ पुगिसके पछी छतका यात्रु पनि भित्रै थपिए पछी गायनले उत्कर्सता प्रप्त गर्‍यो। अनि सुरु भयो ट्विटे गीत। ह्याण्डल मेन्सन देखी डियम र रिप्लाई सम्मका शब्द प्रयोग भयो गीतमा। अब पालो आयो वनमा कांडा छ को। सुरुको लाइ जे गाए पनि अन्तिममा त वनमा कांडा छ आइनै हाल्थ्यो। बडो अविस्मरणिय थियो त्यो क्षण। सांढे छ बजे बालाजु बाइपास झरे पछी सबै आ-आफ्ना बासस्थान तर्फ लागेपछी हाइकिङ सकियो।
रमाइलो साथ दिनुहुने सबै साथीहरूलाई धन्यबाद। यो पटक सहभागी हुनुहुने साथीहरू यस प्रकार हुनुहुन्छ।
१) @bhyakuto
२) @baabajee  
३) @indradhoj
४) @mphuyal67  
५) @oops_u 
६) @imkiiran 
७) @sunishubham 
८) @shikaruketo 
९) @nirandai 
१०) @firojmicro 
११) @girisaroj 
१२) @kamalkafle 
१३) @21albertg 
१४) @chanamate 
१५) @pakudel1 
१६) @romaanchak 
१७) @sunitabrt 
१८ @tikazi 
१९) @nayaversion 
२०) @sarjunss 
२१) @ruku_pokharel1 
२२) @alwaysunsatisfy 
२३) @kalifuchi 
२४) @sridos 
२५) @iPagalbasti 
२६) @dyahalbau
बाँकी तिन जना मित्रहरूले छिट्टै ट्विटर खाता खोल्ने बचन दिनुभएको छ :) 
२७) Suman Lama
२८) Yuvaraj Koirala
२९) Shiva P. Panday







तस्बिर सौजन्य @sunushubham