Friday, February 24, 2012

तितो सत्यको नमिठो व्यंग्य

तितो सत्यको नमिठो व्यंग्य

Friday, February 17, 2012

दुध चिया भन्दा किन महंगो


कुरो आज भन्दा तिन वर्ष जति पहिलाको हो। म त्यती बेला आमा संगै रसुवाको गोसांइकुण्ड भ्रमणमा थिंए। मेरी आमा फेरी शुद्ध शाकाहरी माछा मासुको त कुरै छाडौ चिया सुध्द नचल्ने। दुध चाँही सहर्स पिउनुहुन्थ्यो। आफु चाही बाहिर चिया घरमा दुध। दुध किनेर त कहिल्यै खाइएन।
यसै सिलसिलामा हामी गोसांइकुण्ड प्रश्थानका क्रममा थियौ। चन्दनबारी पुगे पछि आमालाइ पेयको तलतल लाग्यो। यसै क्रममा हामीले एउटा चिया पसल फेला पार्‌यौ। अनि मैले चिया एक गिलांस दुध एक गिलांस ल्याउन अह्राए। खाइसके पछि पैसा तिर्नलाइ हिसाब सोधें। पैंतिस रुपिया पो भन्छ। मैले कसरी भनेको त चियाको पन्ध्र दुधको बिस रे।
त्यस पछिको अचम्म पर्ने पालो चाँही मेरो थियो। केही नमिसाइ कन कम उर्जामै तात्ने दुधको चाँही बिस; दुध, चिनी र चियापत्ती मिसाउन पर्ने पकाउन पनि बेसि उर्जा चाहिने चियाको चाँही पन्ध्र। कसरी होला??
मेरो यो जिज्ञासा आज सम्म कसैले शान्त पार्न सकेको छैन। यसबारे हजुरहरुलाइ केहि आइडिया छ कि??

Thursday, February 9, 2012

अनि यसरी घर भत्कन्छ २


    प्रबिधीले फड्को यत्रो फड्को मारेको अहिलेको जमानामा पनि यस्तो छुसि कुराले पिरोलिने हो? श्रिधरले ढाडस देखायो। यस्तो पनि हुन्छ र! भने झै बिपिन वाल्ल परेर सुनि रह्यो। यसै सिलसिलामा यि दुई आत्मिय मित्रले अर्को शनिबार भेट्ने भए ठमेलको हिमालयन जाभामा दिनको ठिक दुइ बजे।
     ठिक समयमा बिपिन जाभा पुग्यो र श्रिधरलाइ पर्खेर बस्यो। पाँचै मिनेट बिलम्ब गरेर श्रिधर पनि आइपुग्यो। एउटा प्याक नगरिएको गिफ्ट प्याक बोकेर। के हो यो? अनि के को उपलक्ष्यमा! बिपिनले जिल्ल पर्दै सोध्यो। र साथमा कफि पनि अर्डर गर्यो। तेरो समस्या सुल्झाउने उपाय। श्रिधरले जवाफ दियो। बिपिनले झोला खोतल्यो। एउटा अत्याधुनिक मोबाइल सेट थियो झोला भित्र। सबै सिस्टमले प्रयुक्त मोबाइल फोन। यसले मेरो समस्या कसरी सुल्झाउला र! वाल्ल पर्दै बिपिनले सोध्यो। तँ हेर्दै त जा। यत्तिकैमा कफि आइपुग्यो। भाउजुलाइ तैंले उपहार दिने कुनै खास दिन तँलाइ याद छ? कि त्यो पनि बिर्सिसकिस टेन्सनले भन्ने श्रिधरको प्रश्न खस्न नपाउंदै बिपिनले पर्सि एनिभर्सरि हो भनेर भन्यो। गुऽऽऽड श्रिधरले भन्यो। अनि श्रिधरले जाभामै उपलब्धद वाइफाइको प्रयोगले केहि सफटवेयरहरु त्यो फोनमा डाउनलोड गर्यो। यसरि त्यो मोबाइल फोन अब प्रयोग गर्नेको जासुस जस्तै बन्यो। त्यसले त्यो मोबाइल पर्यग गरेर गरिएका कुरकानी सबै रेकर्ड गरेर राख्थ्यो त्यो पनि प्रयोग कर्तालाइ थाहा नदिइ कन। जब ति सबै बिशेसता श्रिधरले बिपिनलाइ बतायो बिश्वास नलागेर उसले आफ्नै सिम कार्ड हालेर प्रयोऊ धरि गरेर हेर्यो अनि खुसी भयो। अनि दुबै मिलेर त्यो मोबाइललाइ आकर्सक ढंगले गिफ्टको रुपमा प्याक गरे।
     हेर्दा हेर्दै पर्सिको दिन पनि आयो। हिमाश्री हरेक वर्ष जस्तै त्यो एनिभर्सरीमा उत्साहित देखिइनन्। बिपिनले कतै घुम्न जाने प्रस्ताब राख्यो। तर उनले सन्चो छैन भनेर टारिदिइन। त्यस पछि बिपिन अफिस निस्कियो। साँझमा घर फर्कदा उसको हातमा गिफ्ट प्याक थियो हिमाश्रीको लागी। त्यही अस्ती प्याक गरिएको मोबाइल।
          उपहार पाएर पनि हिमाश्री त्यती उत्साहित देखिइनन् त्यो साँझ। जति अरु बेला उपहार पाँउदा देखिन्थिन। उनले प्याकेट खोलिन अनि उपहार हेरिन मोबाइल थियो। साथमा उनलाइ मन पर्ने गितहरु पनि भरिएका थिए। उनले आफ्नो सिम कार्ड हाल्दै भनिन्। किन यति महँगो। ल्याइदिनु पर्थ्यो र। तिमी पनि त मेरालागी अनमोल हौ नि बिपिनले भन्यो।
एबं रितले एक हप्ता पनि बित्यो। जासुस मोबाइलले हिमाश्रीले गरेका एक हप्ताका कुराकानी पनि रेकर्ड गरि सकेको थियो। आठौ दिन बिपिन अफिसको खाजा समयमा खाजा खाँदै थियो उसको मोबाइल बज्यो। हेर्यो श्रिधरको रहेछ। कल रिसभ गर्यो उसले । श्रिधरले साँझ भेटने प्रस्ताब राख्यो। अनि तेरै कुराको सिलसिलामा भेट्ने हो भन्यो। अनि उ खुसि भयो। उनिहरुले साँझ नाङ्लोमा भेट्ने सल्लाह मिलाए।

Sunday, February 5, 2012

सपना अधुरै छ


शनिबारको कान्तिपुरमा बिदाइ भएर जाने लडाकुका निराशापूर्ण कथा छापिएका छन् । नयाँ र सुन्दर नेपाल बनाउने सपनाका साथ वर्षौं लडेका र त्योभन्दा पनि अप्ठ्यारो समयमा गाह्रोसाह्रो सहँदै भयानक अनिश्चितता र अपमानका बाबजुद पनि अनुशासित रूपमा ५ वर्षसम्म क्यानटोनमेन्टमा बसेका उनीहरू निराशा र अपमानसहित नै बिदाइ भएका छन् । राजनीतिक नेतृत्वको अदूरदर्शिताले पाउनुसम्म दुःख पाएर त्यही नेतृत्वबाट उधारो सपनाको भारी लिएर उनीहरू बिदाइ भएका छन् । अगाडिको बाटो अनिश्चित छ। तर जसले जे भने पनि

उनीहरूको ५ वर्षसम्मको धैर्य हेर्दा अधिकांश लडाकु शान्तिपूर्ण र अनुशासित जीवन बाँच्नेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ । जाँदाजाँदै उनीहरूलाई भन्न चाहन्छु, नयाँ र सुन्दर नेपाल बनाउने सपना हाम्रा पनि हुन्, जुन पूरा भएका छैनन् । यी साझा सपना पूरा गर्न मिलेर काम गरौं ।

                                                  इन्द्रध्वज क्षेत्री

                                                      काठमाडौं 
इन्द्रध्वज क्षत्रिको २२/१०/२०६८ मा छापिएको पाठक पत्र साभार गरिएको

Thursday, February 2, 2012

अनि यसरी घर भत्कन्छ १


कसको नंबर हो यो? भन् उसले केरकार पार्ने सैलिमा भन्यो। अनि उ कुटिल तबर ले मुस्कुराइ। भनौ त; उसले भनि। तर एकै क्षणमा उसको चेहराको भंगिमा बदलियो र आंसुका ढिका खसाल्दै चुप बसि। त्यस पछि बरु ढुङ्गो बोल्ला उ बोलिन। रण्डि…. उसले सुस्तरी तर कानमा सिसा पगालेर हाले जस्तै महसुस हुने स्वरमा भन्यो।
     उ अर्थात बिपिन सागर, एउटा निजी कम्पनिको म्यानेजर। राम्रै कमाइ महिनाको तिस हजार जति। भएका दुइ जना बच्चाहरु राम्रै बोर्डङ स्कुलमा पढ्छन्। मोटरसाइल चढ्छ। आफ्नै निजी घर छ। चपलि हाइटमा। बुबा आमा संगै हुनुहुन्छ घरको रेखदेख गर्नलाइ। संयुक्त परिवार सबै खुसी छन्।
     उनि अर्थात हिमाश्री। सुसिल देखिन्छिन। दुई बच्चा हुर्काउँदै कलेज पढ्छिन। योग्य भएर कामउनलाइ होइन; ज्ञान हाँसिल गर्न। श्रिमानको बिसेस अनुरोधमा। कमाइ त घरको आयस्ता अनि लोग्नेको तलबले मनग्ये पुगेकै छ। बिहानको कलेज अनि दिन घरायसी काममा। यसरिनै उनिहरुको जिवन सरस सलिल गतिमा बहि रहेको थियो।
     तर एक दिन बिपिनले उसको जिवनमा आगो लागेको महसुस गर्यो। कारण हिमाश्रीको परिवर्तित ब्यबाहार। उनि उ संग बोल्दा पनि झर्कन थालेकि थिइन। अनि केटाकेटीहरु संगको ब्यबाहार पनि परिवर्तित थियो। बिपिनले कारण पत्तो लगाउन धेरै कोसिस गर्यो तर सकेन। यि सबै कुराहरुले उसलाइ साह्रै पिडा दिन्थ्यो। उसले हिमाश्रीको मोबाइल सेटमा एउटा नम्बर नोट गरेको थियो आजकल। जुन नम्बरमा हिमाश्री घण्टि बजांउथिन अनि उताबाट कलब्याक हुन्थ्यो घण्टौ सम्म। यसरी उ पिडामा बाँचेको थियो। आंखिरमा उसकि अर्धाङ्गिनी को संग यसरी घण्टौ कुरा गर्थिन? उ थाहा पाउन चाहन्थ्यो।
     यत्तिकैमा बिपिनको भेट श्रिधर संग भयो। श्रिधर र उ दश वर्ष सम्म संगै पढेका अनि एउटै थालमा भात खाएर हुर्केका थिए। तर कार्यक्षेत्र फरक भएको कारणले दुई जनाको भेटिने संयोग कमै जुर्थ्यो। श्रिधर आफ्नो आत्मिय मित्रको उदसिले दुखित भयो साथै कारण पत्ता लगाउन उद्धत पनि। सुरुमा त बिपिनले केही पनि भन्न मानेन। घरको कुरा; आप्नो आङ कन्याएर कसरी आफ्नै छारो उंडाउनु। तर कति दिन गुम्सेर बस्न सक्थ्यो र त्यस माथी श्रिधरको त्यती आत्मिय ब्यबाहार। उसले आफ्नो आत्मिय परममित्रलाइ अर्धाङ्गिनीको बारेमा सबै कुरा भन्यो साथै नम्बर पत्ता लगाउने उपाय पनि सोध्यो। साथिको जानकारीमा छ कि भन्ने झिनो आसामा।
स्थान अभाबले बाँकी अर्को भागमा

Wednesday, February 1, 2012

मैले पढ्न नपाएका दुई कबिता


आज धेरै पछि म सानो हुँदाको एउटा कुरा याद आयो। कुरो त्यती बेलाको हो; जतिबेला प्लास्टिको झोलाको चलन आइ सकेको थिएन। त्यो समयमा किराना पसलेहरुले सामान बेच्दा कागजको थैलोमा पोको पारेर बेच्थे। अनि हामी पनि घरबाटै लगेका झोलामा ति सामानका पोका जम्मा गरेर लिएर आँउथ्यौ।
म सायद पाँच कक्षामा पढ्थे‌। बुबाले चिनी ल्यउनुभएको थैलो मा मेरो आँखा पर्यो एकदिन। अनि चिनी थालमा खन्याएर लागें थैलो खोतल्न तिर किन कि त्यो थैलोमा गजबको कबितांस छापिएको थियो। म मक्खै पर्ने गरि। मलाइ पुरा कबिता पढ्न हतार भएको थियो। त्यहि सिलसिलामा बुबाको दुई लात पनि भेटेको थिंए चिनि छरेको निहुँमा। कबितांस यस्तो थियो।
भन्सार कर हो सार
बेसार अरु जागिर।
परराष्ट्र नया कार
प्रहरी हरिको बर।।
तर जुन कबिता पुरै पढ्ने हुटहुटीले दुई लात सजिलै पचाइएको थियो; मेरो दुर्भाग्य यि चार लाइन कबिताका अन्तिम चार लाइन थिए। बिचमा अरु नै लेख थियो। जुन अहिले सम्झन्न। तर फेरी अन्तिममा अर्का चार लाइन थिए उस्तै शिर्षक बिनाका। ति एस्ता थिए।
हुनन् पुज्य पिताजी पुग्न लागे अशिमा
अब त बेला पनि भयो मिल्न जाने शशिमा।
गर्नु जति सब गरिहाल्यौ हाम्रा निम्ती भलाइ
अब त रहर छ तिम्रो श्राध्द गर्ने मलाइ।।
मलाइ आज पनि इ दुई कबिता पुरै पढ्ने उत्तिकै हुटहुटी छ। अनि रचनाकार पत्ता लगाउने पनि। यसमा मेरा मित्रहरुको सहयोग मिल्छ कि भनेर आज यो बल्ग लेखेको हुँ। हजुरहरुलाइ थाहा भए सम्म सहयोग गर्नु नै हुन्छ। भन्ने आशा गरेको छु। धन्वाद___________