Wednesday, September 28, 2011

दशै


अनायासै मन दुखाएर आयौ
आफ्नै आगमन लुकाएर आयौ
चाहान्थे तिमी घाम भएको
तर कुहिरो र झरि भएर आयौ।

तिमी पश्चिमको घाम भएर आयौ
साहुजीको दाम भएर आयौ
तिमी लाइ त के भनु र खै
दिनको १८ घण्टा काम भएर आयौ।।

Thursday, August 18, 2011

याद

मन भरि याद तिम्रो मुटु भरि माँया।
रातै भरि सपनीमा देख्छु तिम्रै छाँया॥
तिम्रो माँया कति कति के था मेरो माँया।
नदेखे नि कत्ति साह्रो लाग्छ तिम्रो माँया॥
काख तिम्रो तकिया त मनमा सितल छायाँ।
नदेखे नि किन होला लाग्नु पर्ने माँया॥
बोलिराख आज तिमी सुन्छु मेरी माँया।
देखे तिस्बिर प्रस्ट हुन्थ्यो नदेख्दा मा माँया॥

मन को ब्यथा

जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा

अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा।

गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि

साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥

 

स्वपहिचान बनाउने संघर्समा होमिए पछि

बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि।

अभिसप्त छन् है तिनी रेटिनु नै जिन्दगी हो

बनेर धर्तीको धुलो मेटिनु नै जिन्दगी हो॥

 

शरिर दुख्दा त्यति हुन्न मन दुख्दा अति पिडा

संहालेर राख्नेले नै आधाबाटो छोडिदिंदा।

बाँच्न गाह्रो हुने भयो नबुझ्ने भेटिए पछि

रुन गाह्रो हुने भयो किलकिले रेटिए पछि॥

 

खुकुरी लाइ के थाहा र चोट अचानोको कती

काट्नु नै धर्म हो उसको हान्छ मार सकेजती।

कठिन् भो जिवन जित्न हारेर तिनी भाग्दथिन्

बिछिप्तै हुने डर ले मर्नलाइ बिष माग्दथिन्॥


कुमार फुँयाल