Tuesday, December 25, 2012

सल्बलाउने वस्तु (यमुना थापा)

हरेक सल्बलाउने वस्तु स्वार्थी छ,
हरेक सल्बलाउने वस्तु निष्ठुरी छ,
म स्वार्थी संसारको हिस्सा
म यो निष्ठुर संसारको टुक्रा
 म पनि सल्बलाउने वस्तु
म पनि स्वार्थी छु,

मलाई यो समयको मल्हम लगाउने मन थियो
तर
समयलाई थाहा नै भएन
समयले देख्नै सकेन
मेरो घाउ, मेरो घाउको पीडा

सबै सल्बलाउने वस्तु
सास भएर पनि जिउँदो देख्दिन आजभोली
हाँसेर पनि रोएको देख्छु आजभोली

म चिच्याउन चाहन्छु
म छटपटाउन चाहन्छु
तर,
म सभ्य पागल
मलाई चिच्याउने छुट छैन
म सभ्य बहुलाहा
मलाई छटपटाउने अधिकार छैन

Wednesday, December 5, 2012

“लू” मेरो आँखामा

नयनराज पाण्डेको बहुचर्चित उपन्यास लू अनन्य मित्र मार्फत हात लाग्यो। पाँच दिनमै सात पटक भन्दा बेसी पढें। लू पढिसकेपछि मेरो मनमा लागेका केही कुराहरु यो ब्लगपोष्ट मार्फत यहाँहरु सामु राख्दै छु।
सबैभन्दा पहिला मेरो मनैमा छोएका केही लाइनहरु
सपना त हेरिरहनुपर्छ। सिनिमा हेरेको पो टिकस (टिकट) लाग्छ। सपना हेरेको त टिकस लाग्दैन निपृ. १२
जिनको बोझले उसलाई अझै गलाइ सकेको थिएन। गरीबीसितको सङ्घर्षले उसलाई झै पराजित गरिसकेको थिएन। त्यसैले पनि होला उ कति आकर्षक देखिएकी थिई। गाँउका अरु तरुनीभन्दा फरक। बिल्कुल फरक।" पृ. ५५
आँखाबाट आँसु बगिदिए पनि उसको मन कति हलुङ्गो हुन्थ्यो होला! उसको मन भित्रबाट आँसुको मूल त फुट्छ, तर त्यो आँसु उसका हरियो पन्ना जस्ता आँखामा दह भएर जमिदिन्छ। र त्यहीँ कता हराँउछ कता!” पृ. ११८
हरेक रात उसको ‌ओछ्यानमा पुरुषहरू फेरिन्थे। हरेक रात उसले म तँलाई माया गर्छु भन्नेहरू भेट्थी। तर बिहान हुञ्‍जेल ती कामुक प्रेमीहरूको होस ठेगानमा आइसकेको हुन्थ्यो।
राप्ती तरेर पत्थरपुरवाको माटोमा टेक्दा उसलाई लाग्यो, उसले विगतको घिनलाग्दो स्थितिलाई पछाडि छोडी र सुन्दर वर्तमानमा पाइला टेकी।" पृ. १३२
हरेक वर्ष योसाल त सहज होला भन्ने आशा गर्छन उनीहरू। तर हरेक वर्ष उनीहरूको आशामा तुषारापात हुन्छ। उनीहरुको जीवन वर्षौं नजोतिएको खेत जस्तै जर्जर र झन्झन् दुरुह बन्दै छ। सपना देख्दादेख्दा र सुखको कल्पना गर्दागर्दा सिङ्गै गाउँ बर्षौदेखि अनिँदो भैसकेको छ। कहिले आउलान् सुखका दिनहरू? यो प्रश्न हरेक पल उनीहरूको दिमागमा सलबलाइरहन्छ। तर यही प्रश्नले उनीहरुलाई सबैभन्दा बढी दुःख दिइरहन्छ सताइरहन्छ। मानौँ यो प्रश्न हैन, जहरिलो करेत साँप हो। जो फणा उचालेर उनीहरूको छाती माथि हल्लिँदै बसेकोछ- डस्न तम्तयार भएर।" पृ. १९९
ए मेरो प्यारो कृष्ण, मेरो गाग्रीमा ढुङ्गा नहान। मेरो गाग्री फुट्छ। गाग्री फुटे त केही थिएन, मेरो चुनरी भिज्छ। मेरो चुनरी भिजे त केही थिएन, मलाई नन्दले जिस्क्याउँछिन्। नन्दले जिस्क्याए त केही थिएन, मेरा खसम रिसाउँछन्।" पृ. २४०
हो, केही लाइनहरु साँच्चै लोभलाग्दो रूपले सजिएका छन्- मनै छुने किसिमले। तर पनि उपन्यासमा सिलसिलेवर रूपले कथा नबहेको खड्कन्छ। कतिपय ठाउँमा पात्रहरु अकल्पनिय रुपमा लेखकका आवश्यकता अनुसार सिनेमामा झैँ उदाउँछन् अनि त्यसैगरी बिलाउँछन् भने कतिपय ठाउँमा देहाती भाषा सभ्य सुसंस्कृत लेख्य भाषामा परिणत भैदिन्छ।
पृ. ६२ मा उपन्यासकारले पात्र गोबरीलाई स्व-मुत्रपान गराएर रक्सि त छोडाउँछन् तर पृ. ८१ मा उही पात्र गोबरीलाई बिनाकारण रक्सी धोकाउँछन्। सम्पादकको आँखाबाट पनि यो त्रुटी छोपिएको देख्दा मलाई अचम्म लाग्छ। अनि लूमा करिम जस्ता नाबालक टुहुरा पनि बिना साहारा हुर्केर गरिखान सक्ने भएको देख्दा छक्क परिन्छ।
           लू उपन्यासमा सबैभन्दा बिझाउने पक्ष चाँही पृ. १९६ मा फेला पर्छ। सो पृष्ठमा उपन्यासकारले पात्र बजरङ्गीलाई उसको रिसको झोकमा मित्रराष्ट्रको झण्डालाई कट्टु बनाएर लागाइदिनु भएको छ। विद्वान उपन्यासकारलाई थाहै होला मानिसहरू राष्ट्रियताको मामिलामा कति सम्म सम्वेदनसिल हुन्छन् भन्ने कुरा। हाम्रै देशमा पनि उपन्यासकारले हृतिक रोन काण्ड हेर्नु भएकै होला। उपन्यासको यो पेज हुबहु अनुवादित भएर भारतीयहरूले पढेमा कस्तो कस्तो प्रतिक्रिया जनाउलान्? हो पात्र रिसाएको छ। हो रिसको झोकमा ब्राम्हणले वेद पढ्दैनन् तर त्यसो भन्दैमा विवेकशील उपन्यासकारले यस्तो लेख्नु नहुने हो


हो, हामी सिमाको मामिलामा मित्रराष्ट्रबाट साह्रै नै पेलिएका छौँ। तर पनि दुई वर्ष भित्रै कुनै पनि देशको सिमा दुई वा चार किलोमिटर एकातर्फी रुपमा केन्द्रलाइ जानकारी नभइ मिचिँदैन भन्ने कुरामा कमसेकम म चाँहि विश्वस्त छु। सिमा र झण्डाको बिषयमा चाँहि कमसेकम उपन्यासकार सम्वेदनशील हुनुपर्ने हो, मेरो विचारमा।
यस्ता झिना मसिना त्रुटीलाई नकेलाउने हो भने उपन्यास गजब राम्रो बनेको छ। एउटा मध्यम हिन्दी सिनेमा हेरेर प्राप्त गर्न सकिने मनोरञ्जन यो उपन्यासबाट प्राप्त गर्न सकिन्छ। खर्च गरिएको रूपैँया तीन सय खेर गएको महसुस हुँदैन।
अन्त्यमा म कुनै समिक्षक होइन। पढ्दै जादाँ एउटा पाठकलाई लागेका कुराहरू व्यक्त भएका मात्र हुन्। यसले लेखकको अर्को कृतिलाई अवश्य नै निखार्न मद्दत पुर्‍याउँछ भन्ने विश्वास लिएको छु।

अस्तु
 

Wednesday, November 28, 2012

लोडसेडिङ अब बत्ति जाने होइन आउने तालिका संसोधित २३/०८/२०६९



Pagalbasti
आइतबार
सोमबार
मंगलबार
बुधबार
बिहीबार
शुक्रबार
शनिबार
समूह-
०९:००-१३:००
००:१८-
१२:००-१६:३०
१९:३०-२३:००
११:००-१५:००
१९:००-२२:००
०९:००-१३:००
१७:००-२१:००
०७:३०-१२:००
१७:००-२०:३०
०६:००-११:००
१६:३०-१९:३०
०५:००-१०:००
१५:००-१९:००
समूह-
०५:००-१०:००
१५:००-१९:००
०५:००-०९:००
१३:००-१७००
१२:००-१६:३०
१९:३०-२३:००
११:००-१५:००
१९:००-२२:००
०९:००-१३:००
१७:००-२१:००
०७:३०-१२:००
१७:००-२०:३०
०६:००-११:००
१६:३०-१९:३०
समूह-
०६:००-११:००
१६:३०-१९:३०
०५:००-१०:००
१५:००-१९:००
०५:००-०९:००
१३:००-१७००
१२:००-१६:३०
१९:३०-२३:००
११:००-१५:००
१९:००-२२:००
०९:००-१३:००
१७:००-२१:००
०७:३०-१२:००
१७:००-२०:३०
समूह-
०७:३०-१२:००
१७:००-२०:३०
०६:००-११:००
१६:३०-१९:३०
०५:००-१०:००
१५:००-१९:००
०५:००-०९:००
१३:००-१७००
१२:००-१६:३०
१९:३०-२३:००
११:००-१५:००
१९:००-२२:००
०९:००-१३:००
१७:००-२१:००
समूह-
०९:००-१३:००
१७:००-२१:००
०७:३०-१२:००
१७:००-२०:३०
०६:००-११:००
१६:३०-१९:३०
०५:००-१०:००
१५:००-१९:००
०५:००-०९:००
१३:००-१७००
१२:००-१६:३०
१९:३०-२३:००
११:००-१५:००
१९:००-२२:००
समूह-
११:००-१५:००
१९:००-२२:००
०९:००-१३:००
१७:००-२१:००
०७:३०-१२:००
१७:००-२०:३०
०६:००-११:००
१६:३०-१९:३०
०५:००-१०:००
१५:००-१९:००
०५:००-०९:००
१३:००-१७००
१२:००-१६:३०
१९:३०-२३:००
समूह-
१२:००-१६:३०
१९:३०-२३:००
११:००-१५:००
१९:००-२२:००
०९:००-१३:००
१७:००-२१:००
०७:३०-१२:००
१७:००-२०:३०
०६:००-११:००
१६:३०-१९:३०
०५:००-१०:००
१५:००-१९:००
०५:००-०९:००
१३:००-१७००

Thursday, September 27, 2012

Free Sharing Station: Useful Codes for Samsung Mobiles

Free Sharing Station: Useful Codes for Samsung Mobiles: Are you using Samsung Branded Mobile? If you are using, here are some useful codes for your mobile to navigate your mobile functions easily...

Friday, September 7, 2012

हाम्रो नयां नेपाल


बिक्रम ६१/६२ को जनआन्दोलन चरम शिखरमा पुग्यो देशैभरी बिरोध र आम हड्ताल मच्चियो। राजतन्त्र मुर्दाबाद, लोकतन्त्र जिन्दाबाद, ज्ञाने चोर देश छोड यस्तै यस्तै नारा का साथ नेपाली जनताले सडक तताइरहे। अन्तत राजतन्त्र हट्यो पनि लोकतन्त्र स्थापना भयो पनि। नेपाली जनता खुसीले गदगद भए। अब नयां नेपाल बन्ने नै भयो भन्ने उमंग बोकेर सबै आ-आफना गाँउघरतिर फर्किए। संबिधानसभाको चुनाव भयो ६०१ किरा फट्यांग्राहरु संबिधानसभामा छिरे। अनि यस्तो किसिमको नयां नेपाल बनाए। सुन्नहोस है त----
आहा मेरो नयां नेपाल
आहा क्या राम्रो नयां नेपाल।
कुकृतिले छाएको नयां नेपाल
बिकृतिले भरिएको नयां नेपाल
बिरोध र आन्दोलनमा ब्यस्त नयां नेपाल
बन्द र हड्तालमा श्रेष्ठ नयां नेपाल।।
आहा मेरो नयां नेपाल
आहा क्या सुन्दर नयां नेपाल।
आफ्नै सन्तानबाट बलत्कृत भएकी नयां नेपाल
आफ्नै सन्तानको रगतले स्नान गरेकि नयां नेपाल
नयां सृजना भनेको ठोकाठोकी भएको नयां नेपाल
सत्ता र कुर्सिको लुछाचुँडी भएको नया नेपाल।।
आहा मेरो नयां नेपाल
आहा क्या सुन्दर नयां नेपाल।
गाडी जलाउन पनि हुने नयां नेपाल
गोली चलाउन पनि हुने नयां नेपाल
खुकुरीले काटाकाट गर्ने नयां नेपाल
ढुङ्गाले हानाहान गर्ने नयां नेपाल
डण्डहिनताले बेरिएको नयां नेपाल
फटाहा र सोसकले घेरिएको नयां नेपाल।।
सांच्चै क्या सुन्दर नयां नेपाल
सांच्चै क्या बिशाल नयां नेपाल।
सत्ता पक्ष जे बोले पनि हुने नयां नेपाल
बिपक्षले जे पोले पनि हुने नयां नेपाल
पत्रकार को घांटी रेटे पनि हुने नयां नेपाल
बोल्ने को मुख च्याते पनि हुने नयां नेपाल
लुटपाट र चोरी डकैती बढेको नयां नेपाल
शासन ब्यवस्था सडेको नयां नेपाल।।
आहा क्या राम्रो लोकतान्त्रिक ब्यवस्था
आहा क्या राम्रो नयां नेपालको अवस्था।
नेताहरु बौलाएको नयां नेपाल
अपहरण र बलात्कार मौलाएको नयां नेपाल
कानुन ओइलिएको नयां नेपाल
अपराध फैलिएको नयां नेपाल
धर्म र कर्म हराएको नयां नेपाल
के यहि हो त जनताले मन पराएको नयां नेपाल??
आहा क्या सुन्दर नयां नेपाल
आहा क्या बिशाल नयां नेपाल।
पाप हत्या र आतंक बढेको नयां नेपाल
बिदेशि ले आंखा गाडेको नयां नेपाल
बिकश को संरचना तोड्ने नयां नेपाल
निहत्थाको टाउको फोर्ने नयां नेपाल
दोषीलाइ मुक्त गरि निर्दोषिलाइ सजायं हुने नया नेपाल
निमुखालाइ दमन गरि सोसकले रजांइ गर्ने नयां नेपाल।।
आहा म नेपाली भएकोमा गर्व गरुं या खिन्नता
आहा के देख्नु पर्‌यो यो देशमा जात जातीको भिन्नता।।।।
ईती
kansiramk@yahoo.com  बाट इमेलमा प्राप्त

Monday, August 27, 2012

शिर्सक आफैं राख्नुहोस


नसम्झाउ भो, अत्ति दुख्छ अतितका ति घाउहरु
सिमेन्टको जंगल बसि संझदा ति गांउहरु
गोठालो र खसि पाठा चरांउदा ति माउहरु
हेर्दै सातो खाने हाम्रा आमा अनि बाउहरु

संगै डुल्दा खेत पाखा तर्दा खोला नाउहरु
लाएका ति मायां पहिल्यै साक्षी राखी गांउहरु
समय जब बित्दै गयो खोज्यौ हाम्ले भाउहरु
दोस लाउन एक अर्कालाइ सप्रमाण दाउहरु

खानदान ठुलो आयो जब मिले तिम्रा बाउहरु
तिमिले पनि टाढा हुने खोज्न थाल्यौ दाउहरु
यति सबै हुँदा हुँदै क्रमै संग मिले पछि
बिहे गरि गयौ तिमी चर्काइ मेरा घाउहरु

त्यसैले त अहिले भन्छु नसम्झाउ इ घाउहरु
खाटा बसि सकेका इ मेरा प्यारा घाउहरु
खुसि छु म आज एक्लै खुसि हुन देउ मलाइ
नआउ भो याद हरुमा पर्छु तिम्रा पाउहरु

Wednesday, July 18, 2012

कान्छी

 तस्बिर गुगलबाट
कान्छी मौन छे अचेल; मन भित्र हुन्डरी लिएर।
धुम्मिएर बसेकी छ आंधी आउने आशामा।
सोच्छे आंधी अनि त्यो पछिको बर्षातमा पखालिनेछ सबै मनका मैलहरु।
त्यसै त्यसै साह्रै सुस्त छे उ।
बोलाइमा गराइमा अनि भोगाइमा जिबनको।

कुनै बेला सूर्यमुखी फुल झै फक्रीएकी कान्छी उमंगले जिवनको।
 हाँसीखुसी मयुर रंग झै कल्पना अनि चाहनाले।
मस्कंदै अनि जिस्कंदै उत्साहले।
सुखद भबिष्य अनि सुखद जिबनको कल्पनाले।
छुनुमुनु गर्दै, चहचहांउदै अनि गाँउदै मिठा गितहरु जिवनको एक्लै।

उक्लंदै जब जिवनका खुंडकिलाहरु।
पार गर्दै दुरीहरु जिबनकै।
कान्छी मौन छै अचेल, थामीएर पाइलाहरु।
बढेर मनका ब्यथाहरु, त्यसैले।
सोच्छे आंधी अनि त्यो पछिको बर्षातमा पखालिनेछ सबै मनका मैलहरु।

Saturday, July 14, 2012

Twitter Bio Anonymous Edition


एनोनिमस! शब्द सुन्दै आफैमा अचम्म लाग्दो छ। आफ्नो परिचय लुकाएर पनि छुट्टै परिचय बनाएका ट्विटेहरु ले कस्तो बायो लेख्दा हुन त। आउनुहोस आज तिनै एनोनिमसहरुको बायो र्‌याण्मली फिचर गर्ने कोसिस गरेको छु्। आपत्ति रहेमा कमेन्ट गर्नुहोला हटाइने छ।
 

Ushaft

@ushaft

A nowhere man. Occasional blogger. Email: ushaft at gmail.com http://www.facebook.com/ushaft
Kathmandu, Nepal · http://ushaft.wordpress.com  

Chalu Accountant(CA)

@iCAnzoy

The MONK who wanna' Own A Ferrari..!!!
On your Screen :-P · http://sonzoy.wordpress.com 

Lohsirk

@Lohsirk

६ बर्ष नेपालमा सोझो हिसाबले काम गर्दा केहि लछारपाटो लाउन नसकेर आफ्नो अनी बाउ आमाको सपना पुर्न गर्न अरब तिर छिरेको एउटा नेपाली ठिटो… 

chanchale_keti •_•

@stupidgul

funny.. a little stupid,,. and have respect for others feelings...
japan 

बराजु

@baraaju

मेरो बारे अरुले कसरी सोच्छन् त्यो मेरो समस्या हैन। #Caffeine #EconomicsForEquality On/Off/On

De BADmass

@badmasss

Bitratnagar को मान्छे, सानै देखि badmass हुन सिक्यो, बा ले बदमास हुन बाट बचाउन पढ्न पठाए ,अहिले chennai मा त्यहि बदमासी को सजाय भोग्दै सकी नसकी CA पढ्दै छु,

Being Me

@prawesk

Through the Dimensions of Time and space my soul Journeys and Learns,enjoys the joys and wonders of Being,lives the memory of oneness and fragments of wholeness

ekalkaate

@pagalchari

a molecule of happiness in the alleys of insanity,a dancer at the edge of time, a traveler into the light

duper myAn

@Supermaanis

a Fugly Flirty Flunatic Heartless creep ! http://supermaanis.wordpress.com/