Monday, February 9, 2015

प्युदा प्युदै जीन्दगी यो रित्याउन चाहान्छु म

प्युदा प्युदै जीन्दगी यो रित्याउन चाहान्छु म
आज सारा ब्यथाहरूलाई सिध्याउन चाहान्छु म
प्युदा प्युदै…..
आफ्ना भन्ने सारालाई आज भुल्न चाहान्छु म
आफ्ना भन्ने सारालाई आज भुल्न चाहान्छु म
मनका सारा कुरा पोखी आज खुल्न चाहान्छ म
प्युदा प्युदै……
आफ्ना सारा इच्छ्यालाई आज किच्न चाहान्छु म
आफ्ना सारा इच्छ्यालाई आज किच्न चाहान्छु म
रहर बोकी चल्ने मुटु आज थिच्न चाहान्छु म
प्युदा प्युदै जीन्दगी यो रित्याउन चाहान्छु म

Wednesday, February 4, 2015

कबिता

उखान र टुक्काले नै देश बन्ने भए
बाहुन र क्षत्री बाहेक अरूका दिन गए
जनजाती दलित र मधेसीका हिस्सा
ओलीबाले बनाइदिन्छन टुक्का हाल्दै किस्सा

देश हाम्रो चलाउनलाई बाहुनबाद नै चाहिने
त्वम शरणं गरेमा चाँही थोरै हिस्सा पाइने
देश हाक्ने यस्ता नेता बारणासी जाउन
नेतृत्वमा प्रगतीसिल यूवा बर्ग आउन

संघ हुँदै हुन्न भन्छन् निल्न सिङ्गै देश
दौरा सुरुवाल ढाका टोपी पहाडिया भेष
माग्दा पनि अधिकार नदिएमा झन
अनि बल्ल सुरू हुन्छ देशको बिखण्डन

देश सिङ्गै बचाइराख्न अधिकार दिनु
पुरै देश शासन गर्न केन्द्र शत्ता लिनु
संघहरूलाई विभाजन गर्दा अधिकार
हुन्छ केन्द्र बलियो पर्दैन नि भार