Friday, October 25, 2013

All Mobile Solution: Install Android 4.3 Jelly Bean in Galaxy Note2 N71...

All Mobile Solution: Install Android 4.3 Jelly Bean in Galaxy Note2 N71...: Flashing Android 4.3 Jelly Bean XXUEMI6 in Samsung Galaxy Note 2 N7100 via Odin3 v3.09 Successfully........ link-- https://mega.co.nz/...

Wednesday, September 4, 2013

शिर्षक के राखौ र खै

जिबनका कथाहरू जिबन संगै बिलाइ जाने भएत, मरे पछि डुमै राजा भनेर ढुक्कै बस्नु हुन्थ्यो नि। पुस्तौ पिर्छ र पो त। फेरी "जिउ रहे घ्यु खान पाइन्छ" भनेर पुर्खाले सिकाए । पो त बाँच्ने लालसाले छोडेकै छैन आजका दिन सम्म पनि। "म शुन्यमा शुन्य सरि बिलांए" महसुस हुँदा त बाँच्नु बेकारै हो जस्तो लाग्छ। जिबन के हो? आज सम्म पत्तो नपाइ बाँचेकै छु, अब पनि बाँच्नु नै छ। काल नआइ मरिन्न क्यारे, आत्महत्या गर्ने आँट छैन। अँ, साँच्चै म जस्तै मर्ने आँट नभएर कति होलान है यो संसारमा? जे होस फाइदै भएको छ, मोफतमा संसार देख्न पाइएको छ जो बाँचेर
"एकसरो जीबन त कुकुरले पनि पाल्छ" केटा, बाँच्नु छ भने सार्थक जिबन बाँच भनेर बाले भन्नुहुन्थ्यो। तर खै के पो सकिएला र, कुकुर बचाइ हुने भो आफ्नो सायद मराइ पनि त्यस्तै हुने पो हो कि? खै शङ्कै लाग्छ। जिबन चलेकैछ भनेर सन्तुष्ट हुने हो भने त त्यसो हुन पनि बेर नलाग्ला। बाको बचन राख्नैको लागी भए पनि जिबनमा उन्नती प्रगती नगरी भ'को छैन। तर गर्ने पो कसरी खै!
जिबन न सरल रेखा हो न चुरोटको धुवाँको गोल चक्का, बरु यो त चैते हुरी झै लाग्छ मलाई। कतिखेर उंडाएर कता पुर्‍याइदिन्छ पत्तै नहुने। खाडल माथिको खाडल हो जिबन। अभाव भित्रको अभाव हो जिबन। कोही कुकुर मोटर गाडी चढ्छन भने कोही कुकुर सरि हि‌ड्छु भन्दा पनि सुख पाउंदैनन्। कहिले काँही त "अलि अलि हार हो अलि अलि जित, जे होस जिबन अनमोल गित" भने झै लाग्छ मलाई........................... .............. ........                                                                                                                           जय होस सबैको    

Wednesday, July 24, 2013

HY NEPAL . COM: IPHONE IPAD बाट सित्तैमा नेपाल फोन गर्ने हैन त ??...

HY NEPAL . COM: IPHONE IPAD बाट सित्तैमा नेपाल फोन गर्ने हैन त ??...: बिदेश मा बस्नु हुन्छ ! IPHONE IPOD  बोक्नु हुन्छ ! नेपाल फोन सित्तै मा गर्न चाहनुहुन्छ ? आज  म तपाईं हरुलाई  एउटा APPS जस्को मध्यम बाट नेपा...

Tuesday, July 16, 2013

पञ्चे बाजा

पञ्चे बाजा नाममै एउटा नेपाली संस्कृतीको परिचय, यसैले मैले चिनाइ रहनु जरुरी परेन। यो भिडियोमा भएको पञ्चे बाजा चाँही बैशाख १४ गते शुभब्रतबन्धको अबसरमा खिचिएको हो। मोबाइलबाट खिचिएको हुनाले गुणस्तरमा सम्झौता गरिएको छ। बाजा बजाउने समुहका सदस्यहरू चाँही धादिङ कुमरी गाबिसका हुनुहुन्छ।

सपना

तस्बिर गुगलबाट



देखेको सपना मैले जमानैमा
आयो सम्झना अहिले
यो मनैमा
पुर्खाले रगत छरेको ठाउं
भएका बिराना ति गाउं
नेपाल देशमा गाभिए रे
ब्युझेर हेरें जुरुक्क
सुने समाचार खुरुक्क
उफ्रन चांहे बुरुक्क
तर
यथार्थमा मेरो सपना
सपनै रह्यो मेरो सपना
बिपना भन्दा धेरै पर

Tuesday, April 2, 2013

अकबिता

अस्तब्यस्त  देश्मा, अलमस्त शासकहरूका बिचमा
मैले एउटा अकबिता सोचे।
सुनाउनलाई यहि ठाउ रोजे
सुनिदिनुहोला, मनैमा गुनिदिनुहोला।
भासण भरमा बाच्नु पर्छ
न बिजुलि पानि रासन छ
देशमा अहिले कर्मचारीको शासन छ
त्यसैले त हुन्न केही काम मित्र
मात्र कुर्सिको आशन छ।
चुनाब, चुनाब र मात्र चुनाब
सर्बोच्चको आदेस
चुन्नु चाही कसलाई हाम्ले
उही पुरानाको भासण छ
सर्बोच्चको आदेश मात्र समय र पैसाको बर्बादी
मेरो निजी बिचार्
नेपालि को जय होस।
जय देश जय जनता।

Saturday, February 23, 2013

भ्रष्टाचार बिरुद्ध संघर्ष समिति राष्ट्रिय संघर्ष अभियान प्रेस विज्ञप्ती

अपडेट
आज पाँचौ दिन पनि शारदा भुसालको आमरण अनसन रत्नपार्क स्थित शान्ति बाटिकामा जारि छ।
उहाँका सहयोगी श्यामलाल साह ले बताउनु भए अनुसार प्रशासनका तर्फबाट कुनै पनि चासो ब्यक्त गरिएको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुलढोकाबाट फाल्गनु ११ गते सुरू भएको यो आमरण अनसन वडा प्रहरी कार्यालय कमलपोखरी हुँदै हाल शान्ती बाटिका रत्नपार्क आइपुगेको छ र कहिले सकिने हो केही टुङ्गो छैन।
प्रशासनले यस तर्फ छिट्टै ध्यान पुर्याओस र उहाँका मागहरू पुरा गरी छिटै यो आमरण अनसनलाई टुङ्गोमा पुर्‌याओस भन्ने जोडदार माग गर्दछु
रत्नपार्क शान्ति बाटिका स्थित आमरण अनसनका केहि तस्बिरहरू














देशको प्रमुख समस्या भ्रष्टाचार प्रती सरकार (राज्य)  र राजनितिक दलहरू मात्र नभई स्वयं त्यसमा सरिक हुने गरेकोले बिगत केहि वर्ष देखी मुलुक अराजकतामा फस्दै गइरहेको छ। परिणाम स्वरुप भ्रष्टाचार नियन्त्रण गर्न संविधान तथा कानुन बमोजिम अति संक्षम निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला स्तरिय प्रशासन कार्यालयहरू भ्रष्टाचार गरी स्वयं ब्रह्मलुट मात्र नगरी भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षको रुपमा स्थापित भइरहेको छ। जसका कारण जनतामा ठूलो निराशा र आक्रोशित हुने अवस्था सिर्जना भइरहेको छ र मुलुक असफल राष्ट्र हुने सम्भावना समेत बढेर गएको छ। तसर्थ हमी सबै जिम्मेवार भई तत्काल ठोस कदम चाल्न हुन अनुरोध गर्दछौ र हाम्रो भ्रष्टाचार विरुद्ध संघर्स समिति राष्ट्रिय संघर्स अभियानले भ्रष्टाचार नियन्त्रण गर्न यी निम्न किसिमका बुदाहरूलाई हाम्रो मागको रुपमा प्रस्तुत गर्दछौ।
                                          तस्बिर- समिरमणि दिक्षित
हाम्रा माँगहरू:-
)         अख्तियारको स्वेछाचारी तथा नितवश प्रमाण संकलन नगर्ने वषियमा सर्वोच्च अदालत तथा विस्ष अदालतको निर्देशन कार्यान्वयन गर।
)         सरकारको कोषबाट तलब, भत्ता र सुविधा लिई विभिन्न राजनितिक दलको झण्डा बोकि प्रत्यक्ष रुपले राजनितिक दलको कामकाज गरी भ्रष्टार गर्ने निजमति कर्मचारीहरू सदस्य रहेको ट्रेड युनियन तथा निजामति कर्मचारी संघ र संगठन तत्काल खारेज गर।
)    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संविधानको भावना अनुरुप आयुक्त नियुक्ती तुरुन्त गर।
)        स्थानिय निकाय जि.वि../.पा./गा.वि.. हरूमा कार्यरत कर्मचारीहरूको सरुवा बढुवा निजमती कर्मचारी सरह गर्नु पर्ने तथा कारवाहिको व्यवस्था लागु गर्नु पर्ने।
)    समाजिक सुरक्षा भत्तको रकम बैंक मार्फत भुक्तानी हुने व्यवस्था गर्नु पर्ने।
)    स्थानियस्तरमा जनप्रतिनिधीहरूको व्यवस्था नभए सम्म जि.वि../.पा./गा.वि.स। हरूमा जाने सरकारी अनुदान सहयोगको बजेट पठाउने व्यवस्था तत्काल बन्द गर्नुपर्ने वा विकास बजेट रोक्नु पर्ने।
)    स्थानियस्तरको अनियमितता र भ्रष्टाचार सम्बन्धी उजुरीको काम कारवाहिमा प्रमुअ जिल्ला अधिकारीलाई जवाफदेहि बनाई भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने प्र..लाई कारवाहिको व्यवस्था गर्ने।
)    नेपाल सरकार र अनशन कारी बिच जि..गा.वि.. बनौली दनौलीमा मिति २०६८/०६/०६ मा गरेको सम्झौता कार्यान्वयन गर्नु पर्ने।
)    पर्सा, सप्तरी, धनुसा, महोत्तरी समेतका जिल्लामा राएको भ्रष्टाचारको मुद्धहरूमा स्वेछाचारी अनुसन्धान गरी उन्मुक्ती दिएको तथा दिन लागेको विषयमा अनुसन्धान अधिकृहरू माथि बारवाहि गर।
१०)       महोत्तरी जिल्लामा दर्ता रहेको रतौली युवा क्लब, दलित समाज उथान समिति नेपाल, ग्रमिण महिला समाज ग्रा.. समज जस्ता गैर सरकारी संस्थहरूका संचालकहरूले भ्रष्टाचार गरी कमाएको अकुत सम्पति छानविन गरी बावाही गर।
११)    स्थानिय निकाय जि.वि../.पा./गा.वि.. हरूमा करारमा राखिएका कर्मचारिहरूको नियुक्ति तत्काल खारेज गर।

हाम्रा उपरोक्त मागहरू मिति २०६९/११/१० गते सम्म पुरा गरी जनता लाई ठुलो राहत दिन अनुरोध गर्दछौ यदि उपरोक्त मागहरू पुरा नभएको खण्डमा मिति २०६९/११/११ गते ११:०० बजेदेखि अख्तियार दररुपयोग अनुसन्धान आयोगको मुलढोका अगाडि आमरण अनसन बस्ने निर्णय गरेकोव्यहोरा अनुरोध छ। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा यसै बमोजिमको दर्ता नं. १३५५५को शंशोधित ज्ञापन पत्र मिति २०६९/११/ ३ गतेका दिन दर्ता गरएको समेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौ।
      भवदिय
      शारदा भुसाल (झा)
      अभियानकर्ता
      भ्रष्टाचार विरुद्ध संघर्ष समिति
      राष्ट्रिय संघर्ष अभियान 
                     तस्बिर- सचिन जंग कार्कि
अपडेट
शारदा भुसाललाई हिजो प्रहरीले गिराफ्तार गरि वडा प्रहरी कार्यालय कमलपोखरीमा राखेको छ। उहाँले आफ्नो आमरण अनसन प्रहरी कार्यलयमा नै जारि राख्नु भएको छ। शारदा जि को अभियान प्रति पेरो पनि ऐकेबद्धता

Friday, January 11, 2013

How to remove pattern and security lock Samsung Mobile

तल लिंकमा दिएको फाइल डाउनलोड गर्नुहोस 

जिप फाइललाई एक्स्ट्र्याक गर्नुहोस। OneClickPatternUnlock_v2 प्रोग्रामलाई रन गर्नुहोस। सामसुङ फोनको उपयुक्त ड्राइभर डाउनलोड गर्नुहोस र मोबाइललाई कम्प्युटरको यु यस बि मा जोडनुहोस। मोडल सेलेक्ट गर्नुहोस। स्क्यान पोर्ट क्लिक गर्नुहोस। कम पोर्ट छान्नुहोस। चेक फोन क्लिक गर्नुहोस। फोनको स्पेसिफिकेसन देखांउछ। फ्यक्ट्रि सेटिङमा क्लिक गर्नुहोस। एकै क्षण पर्खनुहोस। अब मोबाइल रिस्टार्ट हुन्छ। फोन अन हुँदा सबै मोबाइल फ्याक्ट्री सेटिङ डिफल्ट भै सकेको हुन्छ।