जंगली फुलका काँडा मुटुभित्र धसिदिंदा
अनावस्यक संकाको बिउ मन भित्र पसिदिंदा।
गाह्रो भो तिनलाइ बाँच्न मनको खुसी खोसिए पछि
साह्रो भो तिनलाइ हाँस्न बलेसीमा रेटिए पछि॥
स्वपहिचान बनाउने संघर्समा होमिए पछि
बिध्नबाधा आइपर्छन् मनमा छुरा रोपिए पछि।
अभिसप्त छन् है तिनी रेटिनु नै जिन्दगी हो
बनेर धर्तीको धुलो मेटिनु नै जिन्दगी हो॥
शरिर दुख्दा त्यति हुन्न मन दुख्दा अति पिडा
संहालेर राख्नेले नै आधाबाटो छोडिदिंदा।
बाँच्न गाह्रो हुने भयो नबुझ्ने भेटिए पछि
रुन गाह्रो हुने भयो किलकिले रेटिए पछि॥
खुकुरी लाइ के थाहा र चोट अचानोको कती
काट्नु नै धर्म हो उसको हान्छ मार सकेजती।
कठिन् भो जिवन जित्न हारेर तिनी भाग्दथिन्
बिछिप्तै हुने डर ले मर्नलाइ बिष माग्दथिन्॥
कुमार फुँयाल
ramro lagyo malai
ReplyDeleteदाजु शब्दहरु मन छुने चुन्नु भएको छ ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeletehazaaron Khwaahishen aisii ki har Khwaaish pe dam nikale
ReplyDeletebahut nikale mere armaan lekin phir bhii kam nikale
Yastai kehi lagyo yo post padhera...
BTW life tyahi dherai nirashajanak pani chhaina :)