Sunday, February 5, 2012

सपना अधुरै छ


शनिबारको कान्तिपुरमा बिदाइ भएर जाने लडाकुका निराशापूर्ण कथा छापिएका छन् । नयाँ र सुन्दर नेपाल बनाउने सपनाका साथ वर्षौं लडेका र त्योभन्दा पनि अप्ठ्यारो समयमा गाह्रोसाह्रो सहँदै भयानक अनिश्चितता र अपमानका बाबजुद पनि अनुशासित रूपमा ५ वर्षसम्म क्यानटोनमेन्टमा बसेका उनीहरू निराशा र अपमानसहित नै बिदाइ भएका छन् । राजनीतिक नेतृत्वको अदूरदर्शिताले पाउनुसम्म दुःख पाएर त्यही नेतृत्वबाट उधारो सपनाको भारी लिएर उनीहरू बिदाइ भएका छन् । अगाडिको बाटो अनिश्चित छ। तर जसले जे भने पनि

उनीहरूको ५ वर्षसम्मको धैर्य हेर्दा अधिकांश लडाकु शान्तिपूर्ण र अनुशासित जीवन बाँच्नेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ । जाँदाजाँदै उनीहरूलाई भन्न चाहन्छु, नयाँ र सुन्दर नेपाल बनाउने सपना हाम्रा पनि हुन्, जुन पूरा भएका छैनन् । यी साझा सपना पूरा गर्न मिलेर काम गरौं ।

                                                  इन्द्रध्वज क्षेत्री

                                                      काठमाडौं 
इन्द्रध्वज क्षत्रिको २२/१०/२०६८ मा छापिएको पाठक पत्र साभार गरिएको

1 comment: