कसको नंबर हो यो? भन् उसले केरकार पार्ने सैलिमा भन्यो। अनि उ कुटिल तबर ले
मुस्कुराइ। भनौ त; उसले भनि। तर एकै क्षणमा उसको
चेहराको भंगिमा बदलियो र आंसुका ढिका खसाल्दै चुप बसि। त्यस पछि बरु ढुङ्गो बोल्ला
उ बोलिन। रण्डि…. उसले सुस्तरी तर कानमा सिसा पगालेर
हाले जस्तै महसुस हुने स्वरमा भन्यो।
उ अर्थात
बिपिन सागर, एउटा निजी कम्पनिको म्यानेजर। राम्रै
कमाइ महिनाको तिस हजार जति। भएका दुइ जना बच्चाहरु राम्रै बोर्डङ स्कुलमा पढ्छन्।
मोटरसाइल चढ्छ। आफ्नै निजी घर छ। चपलि हाइटमा। बुबा आमा संगै हुनुहुन्छ घरको
रेखदेख गर्नलाइ। संयुक्त परिवार सबै खुसी छन्।
उनि अर्थात
हिमाश्री। सुसिल देखिन्छिन। दुई बच्चा हुर्काउँदै कलेज पढ्छिन। योग्य भएर कामउनलाइ
होइन; ज्ञान हाँसिल गर्न। श्रिमानको बिसेस
अनुरोधमा। कमाइ त घरको आयस्ता अनि लोग्नेको तलबले मनग्ये पुगेकै छ। बिहानको कलेज
अनि दिन घरायसी काममा। यसरिनै उनिहरुको जिवन सरस सलिल गतिमा बहि रहेको थियो।
तर एक दिन
बिपिनले उसको जिवनमा आगो लागेको महसुस गर्यो। कारण हिमाश्रीको परिवर्तित ब्यबाहार।
उनि उ संग बोल्दा पनि झर्कन थालेकि थिइन। अनि केटाकेटीहरु संगको ब्यबाहार पनि
परिवर्तित थियो। बिपिनले कारण पत्तो लगाउन धेरै कोसिस गर्यो तर सकेन। यि सबै
कुराहरुले उसलाइ साह्रै पिडा दिन्थ्यो। उसले हिमाश्रीको मोबाइल सेटमा एउटा नम्बर
नोट गरेको थियो आजकल। जुन नम्बरमा हिमाश्री घण्टि बजांउथिन अनि उताबाट कलब्याक
हुन्थ्यो घण्टौ सम्म। यसरी उ पिडामा बाँचेको थियो। आंखिरमा उसकि अर्धाङ्गिनी को
संग यसरी घण्टौ कुरा गर्थिन? उ थाहा पाउन चाहन्थ्यो।
यत्तिकैमा
बिपिनको भेट श्रिधर संग भयो। श्रिधर र उ दश वर्ष सम्म संगै पढेका अनि एउटै थालमा
भात खाएर हुर्केका थिए। तर कार्यक्षेत्र फरक भएको कारणले दुई जनाको भेटिने संयोग
कमै जुर्थ्यो। श्रिधर आफ्नो आत्मिय मित्रको उदसिले दुखित भयो साथै कारण पत्ता
लगाउन उद्धत पनि। सुरुमा त बिपिनले केही पनि भन्न मानेन। घरको कुरा; आप्नो आङ कन्याएर कसरी आफ्नै छारो उंडाउनु। तर कति दिन
गुम्सेर बस्न सक्थ्यो र त्यस माथी श्रिधरको त्यती आत्मिय ब्यबाहार। उसले आफ्नो
आत्मिय परममित्रलाइ अर्धाङ्गिनीको बारेमा सबै
कुरा भन्यो साथै नम्बर पत्ता लगाउने उपाय पनि सोध्यो। साथिको जानकारीमा छ कि भन्ने
झिनो आसामा।
स्थान अभाबले बाँकी अर्को भागमा
स्थान अभाबले बाँकी अर्को भागमा
Wish to read next chapter soon !!
ReplyDeleteछिटै हुन्छ हजुर
DeleteGreat! Guru Your Nepali is very Good! Keep writing! :))
ReplyDeletethanks
Deleteराम्रो लाग्यो | :)
ReplyDeleteधन्यवाद
Deleteकस्तो कथामा डुबेथे, मध्यान्तर पो भएछ,यो ब्रेक कहिले सकिन्छ कथा पुरै सुन्न उत्सुक छु । धेरै राम्रो छ लेखाई ।
ReplyDeleteअर्को पालिमा पुरा गर्ने कवसिसमा छु। सायद यै हप्तामा धन्यवाद
Deleteउत्कृष्ठ प्रस्तुती
ReplyDeletegreat writeup woow
ReplyDeleteराम्रो रछ । बाँकी छिट्टै पढ्न पाइयोस् ।
ReplyDeletebisayabastu ra prastutikaran dubai ramro lagyo banki pani chhittai padhna paune aashama
ReplyDelete