Monday, April 16, 2012

आफ्नै अन्तरकथा

आज बिहानै देखि मन एकतमास थियो। मैले चलाउने गरेको सामजिक संजाल ट्विरमा हिजो संघियता को बारेमा भएको बहसमा भाग लिएको थिए। राजनैतिक कुराले उसै पनि मन कोक्याइ रहेको थियो। बिहान सुभप्रभात को अभिवादन संगै एउटा पुरानो हिन्दि गित ट्विट गरियो। अनि तस्रो ट्विट "संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद" भनेर गरें। अनि मेन्सनका रुपमा प्रतिक्रियाहरु आउन सुरु भए। केहि साथिहरुले जिन्दाबादमा स्वर मिलाउन भयो भने केहिले मुर्दाबादमा। कसैले संघिय बाहेक बाँकि मान्य भनेर ट्विट गर्नुभयो। एकजना मित्रले चाँही आज पनि बहस राम्रै जम्ने भयो भन्नुभयो। अनि मलाइ राजनैतिक बिषयमा ट्विटगर्न मनै मरेर आयो।
अलिकति टेबलवर्क पनि थियो अनि आफ्नो ट्विटरको टाइमलाइनलाइ सुस्त बनाउंदै अरु नै बिषयमा ट्विट गर्न थाले। अनायासै दिउस १ बजे तिर बाल्यकालका यादहरु ताजा भएर आए। अनि त्यहि बिषयमा ट्विट गर्नथाले। लगातार ट्विट गरि नै रहें। अन्दाजि २:४० तिर दिउसको खाना खान निस्किए सधै झै। हाम्रा मित्र कृष्ण गुरागांइ ज्यु ले ति सबै ट्विटहरुलाइ समेटेर स्टोरिफाइमा एउटा स्टोरि तयर पारिसक्नु भएको थियो। उहाँले मिहेनत गरेर यो स्टोरि तयार नगर्नु भएको भए ति ट्विटहरु बिस्मृतिका गर्भमा बिलाएर कंहि कतै थिचिने थिए होलान। उहांको मिहेनत स्वरुप ति ट्विटहरु संग्रह भएर रहेका छन। आत्मै देखि उहांलाइ धन्यबाद।
ति सबै ट्विटहरु तलको लिंकमा हेर्न सक्नु हुन्छ फेरि पनि धन्यबाद उहांलाइ

जव पागलवस्ती पोखिए ट्वीटरमा

No comments:

Post a Comment