Saturday, August 8, 2015

कबिता

काम नपाउँदा ट्विटरमा लेखीका केही थान टविट खेर नजाउन भनेर यहाँ राख्ने जमर्को गरिएको हो । आगे हजुरहरूको मर्जी। सिर्सक राख्न मलाई आएन। खुदैले जे राख्नु भए पनि हुन्छ ।

प्रिय, मलाई नसोध कहाँ दुख्छ घाउ
लौरो बोकेर उभिएको छ पछाडी तिम्रै बाउ
कतीखेर पाउँछु भनेर हान्न
कत्रो सुम्ला उठ्ला भनेर जान्न
प्रिय, तिमी गुन्द्रुक हौ भने म झोल हुँ
तिमी सिरक हौ भने म खोल हुँ
त्यसैले भन्देउ तिम्रा बालाई
तिमी उहाँको सितन हौ भने म झोल हुँ
लाठो बाहिरै फालियोस् भन्नी चाहना हो
मलाई तिमीसँगै पालियोस् भन्ने बाहना हो
जे सुकै भनुन् तिम्रा बाले तर
सँग जीवन हाम्रो भगवानको लहना हो

यो चाँहो अर्को

किन आउँछ हरेक दिन बिहान
खोतल्नलाई हिजोको चिहान
सातामा एक पटक आए हुन्न
त्यसो गर्दा मन मेरो रुन्न
अझ बरु हरेक दिन
मलाई मन परेको सबै क्षण
बिस्तारै भोली पनि आओस
सबै ढोका खोली जाओस

No comments:

Post a Comment