Thursday, March 8, 2012

एउटा रंगहिन फागु


यो पागलहरु को बस्तिमा अस्ती साँझबाट
जिपिआरयस को नेटवर्क काटेछ
असत्ति सरकारले
आफु भने एक्लै छटपटांउदै घोप्टो परेर ओछ्यानमा
एक्लो हुनुको अनुभुती संगाल्दै
गर्दै बसिरहें
धेरै वर्ष पछि महसुस गर्दै संगहीन फागु
घोप्टो परेर आफैं संग खेल्दै
रंगिन तरंगहरु
राता निला बैजनि पंहेला सुन्तले
गाढा फिका स्वप्निल सबै
रंगहरु संग
निम्ता त रहेछ नि टन्नै तर के गर्नु र
म सम्म नपुगे पछि अनि म
एक्लै मै संग बसेर
मै संग
खेंले रंगिन तरंगका फागुहरु
उंडाउदै रंग अनि भिजाउंदै
बिचारहरु तिम्रा
अनि मेरा भावनाहरु धेरे पछि
भिजाइ रहें सिरानीका
पत्रहरु सम्झनामा
तिम्रै यादहरुमा धेरै पछि हिजो
फेरी अनुभुती गर्दा
तिमीलाइ म
………………………………………

2 comments:

  1. गज्जब कबिता तयार भएछ , एक्लो फागुमा ।

    ReplyDelete
  2. धन्यवाद हजुर

    ReplyDelete