Tuesday, November 17, 2015

फुटकर कबिता

केहीले मान्छु तिम्रा ; तिमी मान केही
भनेर उनले ; भनिन् तेँही
शिशिर तटका बाला सुनौला
भेटिए जन ती सब कोही नौला

छरेर लाली ओठमा बसेकी
लागैथ्यो आभा मुहार घसेकी
हेर्दामा राम्री मुहार चट्ट
तानिन्थे हेर जन सब बिछट्ट

कोकिल बोली कण्ठै खुलेको
स्वभाव शिल उनमा झुलेको
देबी कसैकी क्वै भन्थे प्रज्ञा
तत्पर सबै ति पलन आज्ञा

आएर तेँही मजुर नाच्थ्यो
हाँगा सुकेका पवन भाँच्थ्यो
झरना झरेका जलै पियाउन
लटरम्म बाली खाना खियाउन

बिछट्ट राम्रो हो कि गगनमा
बसेको बस्ती बिचै पवनमा
चिरपबिर्र च्यार्र संगित नौला
बला झुलेका फाँटै सुनौला




समेटि नौला बिचार सुनौला
फालेर आफ्ना मनका ति मैला
मिलेर बस्नु मनताप फाली
बिभेद नराखी भ्रमै नहाली




सरर्र कारमा हिँड्ने जन्तुलाई सर्कार भन्छन्
बिद्वान डक्टर इन्जिनियर ; अनपढ नेता बन्छन्
यस्तै छ यो देशको चलन त क्यार्नु
जनता कुसासनको मारमा भेडा बन्छन्




दुबै हातमा लड्डु दायाँ पनि बायाँ पनि
स्रोत र शक्ति पुर्ख्यौली सम्पत्ति भनि
कति दिन टिक्ला तिम्रा त्यो राष्ट्रवाद
लिनेछन् अन्तिम बदला सबैले गनिगनि




आगोका फूलहरू
झर्झराउँदा आगोका फूलहरू
नजान्दा ब्यवस्थापन गर्न
हातका साथ भयो खतरा
घरै जलाउने संगै गाउँ
पनि कुन अछुतो भो र




केही छैन
ग्यास नभएर,
किन्नलाई
क्यास पनि त
हुन पर्‍यो नि खल्तीमा
दाउरा छन्
भत्काएको भूकम्पले
घरका काठपातहरू
बरू चिन्ता पो छ
त्यही घर
ठड्याउने
कसरि अब




मुढा किने बीस
चिर्नलाई इस
चिर्पटलाई पचास
कानमा लागो बतास
पचासमा किने
मोल भाउ छिने
नाम्लो नि दिने
त्यो नि उपहार
#KPOli जिन्दावाद




दाउरेको छोरो हुँ म चाउरे मेरो नाम
केपि ओलि जिन्दावाद मुढा चिर्ने काम
चुलो सबको बल्दिन्छु बन्चरो ठोकेर
चिराउनलाई मुढा भए ल्याउनु बोकेर