जिबनका कथाहरू जिबन संगै बिलाइ जाने भएत, मरे पछि डुमै राजा भनेर ढुक्कै बस्नु हुन्थ्यो नि। पुस्तौ पिर्छ र पो त। फेरी "जिउ रहे घ्यु खान पाइन्छ" भनेर पुर्खाले सिकाए । पो त बाँच्ने लालसाले छोडेकै छैन आजका दिन सम्म पनि। "म शुन्यमा शुन्य सरि बिलांए" महसुस हुँदा त बाँच्नु बेकारै हो जस्तो लाग्छ। जिबन के हो? आज सम्म पत्तो नपाइ बाँचेकै छु, अब पनि बाँच्नु नै छ। काल नआइ मरिन्न क्यारे, आत्महत्या गर्ने आँट छैन। अँ, साँच्चै म जस्तै मर्ने आँट नभएर कति होलान है यो संसारमा? जे होस फाइदै भएको छ, मोफतमा संसार देख्न पाइएको छ जो बाँचेर
"एकसरो जीबन त कुकुरले पनि पाल्छ" केटा, बाँच्नु छ भने सार्थक जिबन बाँच भनेर बाले भन्नुहुन्थ्यो। तर खै के पो सकिएला र, कुकुर बचाइ हुने भो आफ्नो सायद मराइ पनि त्यस्तै हुने पो हो कि? खै शङ्कै लाग्छ। जिबन चलेकैछ भनेर सन्तुष्ट हुने हो भने त त्यसो हुन पनि बेर नलाग्ला। बाको बचन राख्नैको लागी भए पनि जिबनमा उन्नती प्रगती नगरी भ'को छैन। तर गर्ने पो कसरी खै!
जिबन न सरल रेखा हो न चुरोटको धुवाँको गोल चक्का, बरु यो त चैते हुरी झै लाग्छ मलाई। कतिखेर उंडाएर कता पुर्याइदिन्छ पत्तै नहुने। खाडल माथिको खाडल हो जिबन। अभाव भित्रको अभाव हो जिबन। कोही कुकुर मोटर गाडी चढ्छन भने कोही कुकुर सरि हिड्छु भन्दा पनि सुख पाउंदैनन्। कहिले काँही त "अलि अलि हार हो अलि अलि जित, जे होस जिबन अनमोल गित" भने झै लाग्छ मलाई........................... .............. ........ जय होस सबैको